2026-09-08 10:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चुनाव जितेपछि पनि सबै दललाई समेटेर अगाडि बढ्छुः उदयशमशेर

असोज ३०, ललितपुर | नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले चुनावपछि पनि सत्ता गठबन्धनलाई साथमा लिएर जाने बताएका छन् । 

ललितपुरको चापागाउँमा आइतबार आयोजित कार्यक्रममा कांग्रेस नेता एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राणाले गठबन्धनमा रहेका दलहरूलाई समान व्यवहार हुने बताएका हुन् ।

‘अहिले हाम्रो गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी सबैलाई समेटेर अगाडि बढ्छु । सबै दलहरुलाई मेरोतर्फबाट समान व्यवहार हुनेछ,’ उनले भने, ‘एमालेजस्तो अरु पार्टीलाई विभेद गर्ने कांग्रेसको संस्कार पनि छैन ।’ उनले आफू काममा बढी विश्वास गर्ने व्यक्ति भएको बताए । यो निर्वाचन क्षेत्रमा कांग्रेसले जम्मा एकपटक प्रतिनिधिसभा निर्वाचन जितेको छ । बाँकी सबै चुनाव एमालेले जितेको छ,’ कांग्रेस नेता राणाले भने, कसको पालामा कति काम भयो ? यो यहाँका जनताले मूल्यांकन गर्नुपर्ने बेला आएको छ ।’ उनले ललितपपुर–१ को समृद्धि र विकास नै आफ्नो एकमात्र चुनावी एजेन्डा भएको प्रष्ट पारे । 

ललितपुर १ प्रदेशसभा (ख) का उम्मेदवार मीनकृष्ण महर्जनले कांग्रेसले गरेका विकासका कामको जस एमालेले लिन खोजेको भन्दै आपत्ति जनाए । उनले भने, ‘कांग्रेसले गरेका विकासका कामको जस एमालेले लिन खोजेको छ । यो अत्यन्तै आपत्तिजनक छ ।’ उनले चापागाउँमा निर्माण भएको मिनी रंगशालामा कांग्रेसको पहलमा निर्माण भएको बताए । 

‘चापागाउँ मिनी रंगशाला कांग्रेसले बनाएको हो, तर अहिले एमालेले हामीले बनाएको भनेर प्रचार गरिरहेको छ,’ उनले भने, एमालेको कामै झुटो बोलेर जनतालाई मूर्ख बनाउने हो ।’ उनले एमालेको भ्रममा विश्वास नगर्न पनि अपील गरे । 

सत्ता गठबन्धनबाट ललितपुर १ प्रदेश सभा (क) का उम्मेदवार हरि दाहालले गठबन्धनविरुद्ध एमालेले भ्रम फैलाउन खोजेको दावी गरे । उनले सत्ता गठबन्धन एकढिक्का रहेकाले भ्रममा नपर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । उनी माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् । उनले भने, ‘गठबन्धनलाई लिएर विभिन्न भ्रमहरु फैलिएका छन् । फैलाउने काम पनि भइरहेको छ । एमालेले यस्तो काम गरिरहेको छ । पार्टीको निर्णयअनुसार हामी अगाडि बढौं । गठबन्धन एकढिक्का छ । रहन्छ पनि । कोही पनि भ्रममा पर्नु जरुरी छैन ।’ 

गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको चापागाउँ उपकेन्द्र संयुक्त चुनावी प्रचार प्रसार समिति गठन भएको हो । स्थानीय तह निर्वाचनमा ललितपुर १ मा ३० वडामध्ये २७ वडा सत्ता गठबन्धनले जितेको छ । यो निर्वाचन क्षेत्रमा एमालेभन्दा गठबन्धन १५ हजारभन्दा बढी मतले गठबन्धन अगाडि छ ।चुनाव जितेपछि पनि सबै दललाई समेटेर अगाडि बढ्छुः उदयशमशेर

असोज ३०, ललितपुर | नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले चुनावपछि पनि सत्ता गठबन्धनलाई साथमा लिएर जाने बताएका छन् । 

ललितपुरको चापागाउँमा आइतबार आयोजित कार्यक्रममा कांग्रेस नेता एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राणाले गठबन्धनमा रहेका दलहरूलाई समान व्यवहार हुने बताएका हुन् ।

‘अहिले हाम्रो गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी सबैलाई समेटेर अगाडि बढ्छु । सबै दलहरुलाई मेरोतर्फबाट समान व्यवहार हुनेछ,’ उनले भने, ‘एमालेजस्तो अरु पार्टीलाई विभेद गर्ने कांग्रेसको संस्कार पनि छैन ।’ उनले आफू काममा बढी विश्वास गर्ने व्यक्ति भएको बताए । यो निर्वाचन क्षेत्रमा कांग्रेसले जम्मा एकपटक प्रतिनिधिसभा निर्वाचन जितेको छ । बाँकी सबै चुनाव एमालेले जितेको छ,’ कांग्रेस नेता राणाले भने, कसको पालामा कति काम भयो ? यो यहाँका जनताले मूल्यांकन गर्नुपर्ने बेला आएको छ ।’ उनले ललितपपुर–१ को समृद्धि र विकास नै आफ्नो एकमात्र चुनावी एजेन्डा भएको प्रष्ट पारे । 

ललितपुर १ प्रदेशसभा (ख) का उम्मेदवार मीनकृष्ण महर्जनले कांग्रेसले गरेका विकासका कामको जस एमालेले लिन खोजेको भन्दै आपत्ति जनाए । उनले भने, ‘कांग्रेसले गरेका विकासका कामको जस एमालेले लिन खोजेको छ । यो अत्यन्तै आपत्तिजनक छ ।’ उनले चापागाउँमा निर्माण भएको मिनी रंगशालामा कांग्रेसको पहलमा निर्माण भएको बताए । 

‘चापागाउँ मिनी रंगशाला कांग्रेसले बनाएको हो, तर अहिले एमालेले हामीले बनाएको भनेर प्रचार गरिरहेको छ,’ उनले भने, एमालेको कामै झुटो बोलेर जनतालाई मूर्ख बनाउने हो ।’ उनले एमालेको भ्रममा विश्वास नगर्न पनि अपील गरे । 

सत्ता गठबन्धनबाट ललितपुर १ प्रदेश सभा (क) का उम्मेदवार हरि दाहालले गठबन्धनविरुद्ध एमालेले भ्रम फैलाउन खोजेको दावी गरे । उनले सत्ता गठबन्धन एकढिक्का रहेकाले भ्रममा नपर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । उनी माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् । उनले भने, ‘गठबन्धनलाई लिएर विभिन्न भ्रमहरु फैलिएका छन् । फैलाउने काम पनि भइरहेको छ । एमालेले यस्तो काम गरिरहेको छ । पार्टीको निर्णयअनुसार हामी अगाडि बढौं । गठबन्धन एकढिक्का छ । रहन्छ पनि । कोही पनि भ्रममा पर्नु जरुरी छैन ।’ 

गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको चापागाउँ उपकेन्द्र संयुक्त चुनावी प्रचार प्रसार समिति गठन भएको हो । स्थानीय तह निर्वाचनमा ललितपुर १ मा ३० वडामध्ये २७ वडा सत्ता गठबन्धनले जितेको छ । यो निर्वाचन क्षेत्रमा एमालेभन्दा गठबन्धन १५ हजारभन्दा बढी मतले गठबन्धन अगाडि छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित