१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाशमानको प्रतिवद्धतापत्र– निशुल्क वाइफाई जोनदेखि फ्लाइओभर/अण्डरपाससम्म

३१ आश्विन २०७९, सोमबार १०:१३

असोज २८, काठमाडौं | काठमाडौं निर्वाचन क्षेत्र नं.१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । 

प्रतिवद्धतापत्रमा सिंहले आफ्नो निर्वाचन क्षेत्रमा निशुल्क वाइफाई जोनदेखि फ्लाईओभर र अण्डरपासम्म निर्माण गर्ने उल्लेख गरेका छन् । 


‘निर्वाचन क्षेत्रबासीलाई डिजिटल प्रविधिसँग जोडिन निशुल्क तालिम र सूचना प्रविधिको पहुँच बढाउन निशुल्क वाइफाई जोनको व्यवस्था गर्ने,’ प्रतिवद्धतापत्रमा भनिएको छ, ‘उच्च सवारी चाप हुने क्षेत्रमा अनिवार्य ओभरहेड पुल निर्माण, मुख्य सडकमा सम्भाव्यता अध्ययन गरी फ्लाइओभर वा अन्डरपास बनाउने ।’ 

युवालाई सीप तथा दक्षता अभिवृद्धि तालिममार्फत स्वदेशमै क्षमताअनुसारको रोजगारी सुनिश्चितता गर्ने प्रतिबद्धता पनि सिंहले जनाएका छन् । उनले निर्वाचन क्षेत्रलाई शून्य फोहोरमैला उत्सर्जन क्षेत्र बनाउन आवश्यक पहल गर्ने समेत उल्लेख गरेका छन् । 

‘सरकारबाट प्राप्त हुने निःशुल्क औषती प्राप्त हुने स्थानबारे आमजनतालाई सुसूचित गर्ने र त्यस्ता औषधी निशुल्क उपलब्ध गराउने,’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने ।’ 

प्रतिबद्धतापत्रमा उनले स्वच्छ पिउने पानी उपलब्ध गराउन हरसम्भव प्रयत्न गर्ने, मेलम्चीको पुरक स्रोत खोजी गर्ने, २१औं शताब्दी युग सुहाउँदो सुरक्षित मार्ग, सीसीटीभी क्यामेरा जडित टोल, सडक निर्माण गर्ने, बागमती, रुद्रमती र इच्छुमती स्वच्छ र सफा राख्ने, बागमती करिडोरमा हरियाली पार्क निर्माण गर्ने लगायतका वाचा पनि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन