१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवारी फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धिमाललाई खानेपानीमन्त्री चौधरीको धम्की

३१ आश्विन २०७९, सोमबार १०:२२

असोज २८, सिरहा। बारा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश धिमाललाई उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेसका सह-महामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले धम्काएका छन् ।

यसअघि कांग्रेसको मधेश प्रदेश सदस्य रहेका धिमालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा-१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेपछि मन्त्री चौधरीले फिर्ता लिन धम्की दिएका हुन् । मन्त्री चौधरी सत्ता गठबन्धनको तर्फबाट सोही क्षेत्रबाट उम्मेदवार हुन् । 


‘उम्मेदवारी फिर्ता लिएर आफूलाई समर्थन गर्न र अन्यथा आफूले हारे जे पनि हुन सक्ने’ भन्दै मन्त्री चौधरीले शनिवार राति घरमै आएर धम्क्याएको धिमालले बताए । आफूले केही पनि नगर्ने तर आफू पराजित भए मेरा केटाहरूले जे पनि गर्न सक्छन् । त्यसैले उम्मेदवारी फिर्ता लिनोस् भनेर चौधरीले धम्काएको धिमालको भनाइ छ । 

राति करिब ११ बजे ५० जना युवाहरूको समुह लिएर धिमालको घरमा पुगेका चौधरीले उम्मेदवारी फिर्ता लिन र सहयोग गर्ने दबाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन