२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

आजसम्मका कुनै निर्वाचन हारेको छैन, यो निर्वाचन पनि जित्छु : चौहान

२०७९, ३१ आश्विन सोमबार १२:०१

असोज ३१, अर्घाखाँची | आसन्न निर्वाचनमा अर्घाखाँची जिल्लाको प्रदेश सभा (क) को लागि उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले आफूले कुनै पनि हालतमा निर्वाचन जित्ने दाबी गरेका छन् । 

'आजसम्मका कुनै पनि निर्वाचन नहारेको भन्दै नेता चौहानले आफूलाई मतदान गर्न मतदाताहरू आतुर रहेको समेत दाबी गरे । मेरा प्रतिस्पर्धी भनिएकाहरू आफैँमा कमजोर हुनुहुन्छ,' चौहानले भने, 'यो नै मेरो जितको मुख्य आधार हो ।'


नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका चेतनारायण आचार्यप्रति जनताको आकर्षण कम रहेको र गठबन्धनका उम्मेदवार सागर केसीको पूर्वी क्षेत्रमा शून्य प्रभाव रहेका कारण आफूले नजित्ने कुनै पनि कारण नरहेको नेता चौहानको भनाई छ ।  

'नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका चेतनारायण आचार्यप्रति जनताको आकर्षण छैन । जनता उहाँको दम्भ, घमण्ड भत्काउन चाहन्छन्,' नेता चौहानले भने, 'अर्कोतर्फ जनमोर्चाका नेता सागर केसीको पूर्वी क्षेत्रमा कुनै प्रभाव छैन ।'

लामो समय एमालेको राजनीति गरेका चौहानले एमालेमै रहँदाको आफ्नो विरासत समेत जितको मुख्य आधार रहेको दाबी गरे । अन्तिम समयमा जनमोर्चाका सागर केसीले माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दर्ता गराएका ठाकुर कुमार वि.क.को उम्मेदवारी खोसेका कारण माओवादी केन्द्रको मत समेत आफूले पाउने नेता चौहानको विश्वास छ । 

नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिवालय सदस्यसमेत रहेका नेता चौहानले आफूले आजसम्म गरेका कुनै पनि काममा असफल नभएको भन्दै आफूले नै समृद्ध अर्घाखाँची बनाउने दाबीसमेत गरे । 

अर्घाखाँची प्रदेशसभा (क) मा एकीकृत समाजवादीका चौहानसहित एमालेबाट चेतनारायण आचार्य, गठबन्धनबाट जनमोर्चा नेता सागर केसी, स्वतन्त्रबाट राजन नेपालीलगायत उम्मेदवार चुनावी दौडमा छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा