१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

आजसम्मका कुनै निर्वाचन हारेको छैन, यो निर्वाचन पनि जित्छु : चौहान

३१ आश्विन २०७९, सोमबार १२:०१

असोज ३१, अर्घाखाँची | आसन्न निर्वाचनमा अर्घाखाँची जिल्लाको प्रदेश सभा (क) को लागि उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले आफूले कुनै पनि हालतमा निर्वाचन जित्ने दाबी गरेका छन् । 

'आजसम्मका कुनै पनि निर्वाचन नहारेको भन्दै नेता चौहानले आफूलाई मतदान गर्न मतदाताहरू आतुर रहेको समेत दाबी गरे । मेरा प्रतिस्पर्धी भनिएकाहरू आफैँमा कमजोर हुनुहुन्छ,' चौहानले भने, 'यो नै मेरो जितको मुख्य आधार हो ।'


नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका चेतनारायण आचार्यप्रति जनताको आकर्षण कम रहेको र गठबन्धनका उम्मेदवार सागर केसीको पूर्वी क्षेत्रमा शून्य प्रभाव रहेका कारण आफूले नजित्ने कुनै पनि कारण नरहेको नेता चौहानको भनाई छ ।  

'नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका चेतनारायण आचार्यप्रति जनताको आकर्षण छैन । जनता उहाँको दम्भ, घमण्ड भत्काउन चाहन्छन्,' नेता चौहानले भने, 'अर्कोतर्फ जनमोर्चाका नेता सागर केसीको पूर्वी क्षेत्रमा कुनै प्रभाव छैन ।'

लामो समय एमालेको राजनीति गरेका चौहानले एमालेमै रहँदाको आफ्नो विरासत समेत जितको मुख्य आधार रहेको दाबी गरे । अन्तिम समयमा जनमोर्चाका सागर केसीले माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दर्ता गराएका ठाकुर कुमार वि.क.को उम्मेदवारी खोसेका कारण माओवादी केन्द्रको मत समेत आफूले पाउने नेता चौहानको विश्वास छ । 

नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिवालय सदस्यसमेत रहेका नेता चौहानले आफूले आजसम्म गरेका कुनै पनि काममा असफल नभएको भन्दै आफूले नै समृद्ध अर्घाखाँची बनाउने दाबीसमेत गरे । 

अर्घाखाँची प्रदेशसभा (क) मा एकीकृत समाजवादीका चौहानसहित एमालेबाट चेतनारायण आचार्य, गठबन्धनबाट जनमोर्चा नेता सागर केसी, स्वतन्त्रबाट राजन नेपालीलगायत उम्मेदवार चुनावी दौडमा छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ