झारफुकको बहानामा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ६० वर्षीय व्यक्ति पक्राउ

Posted on: 20 Oct, 2022

कात्तिक ३, काठमाडौँ | धनुषामा झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विदेह नगरपालिका–३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

मुखियाले झारफुक गर्ने क्रममा ती महिलाकै घरमा बलात्कार गरेकोे उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!