२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा फेसबुकले पहिलो पटक कर्मचारीनै खटाएर गर्दैछ निर्वाचन सामग्रीको अनुगमन

२०७९, ४ कार्तिक शुक्रबार ०२:३१

कात्तिक ४, काठमाडौँ । निर्वाचनको मिति नजिकिदै गर्दा फेसबुकले नेपालमा निर्वाचन सम्बन्धि सामग्रीमा अनुगमन गर्ने भएको छ । फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको हो । 

निर्वाचन लक्षित भई हुने अनुगमन अन्तर्गत सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग र मेटाले कडा अनुगमन गरी कारबाही गर्ने जनाइएको छ ।

सामाजिक संजालको कारण निर्वाचनको समयमा गलत सूचना सम्प्रेषण हुनसक्ने र नेपालमै फेसबुक, युट्युब, ट्विटर लगायतका सामाजिक सञ्जाल दर्ता नभएकाले सामाजिक संजालको बिरोध हुँदै आएको थियो । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृसंस्था मेटा र निर्वाचन आयोगले बिहीबार सञ्चारकर्मीलाई लक्षित गरेर संयुक्त रूपमा आयोजना गरिएको भर्चुअल तालिम ‘सेफ्टी ट्रेनिङ फर जर्नालिस्ट’मा मेटाका प्रतिनिधिले निर्वाचनपछि पनि मेटाले नेपालका सामग्रीलाई अनुगमन गर्ने र फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई अझै व्यवस्थित गर्ने जनाएका छन्। 

मेटाका दक्षिण एसिया निर्देशक सरिम अजिजले फेसबुकमा रहेका सामग्रीलाई सत्यतथ्य, सभ्य, द्वेषरहित र पठनीय बनाउन आफूहरू लागिपरेको बताएकाछन् । उनले आफ्नो टोलीले नेपालको निर्वाचनलाई नजिकबाट हेरिरहेको बताएका छन् । मेटाअन्तर्गत सञ्चालित फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा सेयर गरिने सामग्रीलाई अझै गुणस्तरीय र पठनीय बनाउन आफ्नो टोली नेपाल आएको निर्देशक अजिजले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी