१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको प्रतिबद्धता : रबर उद्योग र पालुङटार एयरपोर्ट सञ्चालनदेखि बुढीगण्डकी आयोजना निर्माणसम्म

६ कार्तिक २०७९, आईतवार ०६:५०

कात्तिक ६, काठमाडौँ | मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रतिबद्धता पत्रमा रबर उद्योग र पालुङटार एयरपोर्ट सञ्चालनदेखि बुढीगण्डकी आयोजना निर्माणसम्मका योजना समेटेका छन् ।


लामो समयदेखि बन्द रहेको गोरखाको रबर उद्योग र पालुङटार एयरपोर्टलाई सञ्चालनमा ल्याउन विशेष पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । ‘रबर उद्योगलाई नयाँ ढंगले अघि बढाइने छ,’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘पालुङटार एयरपोर्टलाई पुनः सञ्चालन गर्दै व्यवस्थित गरिनेछ ।’ बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल अघि बढाउने समेत प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

उत्तरी गोरखाको भूगोललाई समेट्दै प्रचण्डले चुमनुव्री र धार्चे गाउँपालिकालाई स्वायत्त क्षेत्र घोषणा गर्न पहल गर्ने बताएका छन् ।

बेनिघाट–आरुघाट–लार्के सडक निर्माण कार्यलाई पूरा गर्दै उत्तरी गोरखालाई हिमालय पर्यटनको रुपमा विकास गर्ने उनले प्रतिबद्धता जनाएका छन् । ‘चीनसँग सीमा जोडिएको रुइला नाका नियमित रुपमा सुचारु हुने सुनिश्चितता सहित नुव्री क्षेत्रमा अन्तरदेशीय बन्दरगाह स्थापना गरिनेछ, चुम र नुव्री भ्यालीलाई हिमाली शहरको रुपमा विकास गर्न विशेष पहल गर्ने छु,’ प्रतिबद्धता पत्रमा प्रचण्डले भनेका छन् ।

सिर्दीबास, माछीखोला, बारपाक र भच्चेक क्षेत्रमा हिमाली क्षेत्रका जडीबुटी संरक्षण, संकलन र प्रशोधन केन्द्र स्थापना गरी सो क्षेत्रलाई जडीबुटी विशेष क्षेत्रको रुपमा विकास गर्ने पनि उनको योजना छ । गाईखुर–च्याङ्ली क्षेत्रमा राज्यले घोषणा गरेको औद्योगिक क्षेत्र निर्माण कार्य अगाडि बढाउने, सिउरेनीटारदेखि पालुङटारसम्म पृथ्वी राजमार्गको वैकल्पिक राजमार्ग निर्माण गर्न पहल गर्ने र लिगलिगकोट–सिरानचोक–गोरखा दरबार–मनकामना आदिलाई समेटेर धार्मिक ऐतिहासिक तथा पर्यटकीय सर्किटको रुपमा विकास गर्ने लगायतका योजना उनको प्रतिबद्धता पत्रमा समावेश छन् ।

मध्यपहाडी लोकमार्गको गोरखा खण्ड र सबै पालिकाको केन्द्र हुँदै वडा कार्यालयसम्म पुग्ने सडकहरु कालोपत्रे गर्न जोड दिने उनले बताएका छन् । आँबुखैरेनी–गोरखा सदरमुकाम सडकको मापदण्ड सम्बन्धी समस्यालाई प्राविधिक र वैज्ञानिक ढंगले हल गर्ने उनले आश्वासन दिएका छन् ।

बाह्रकिलो–बारपाक–लाप्राक–गुम्दा हुँदै माछाखोलासम्मको सडक कालोपत्रे गर्न पहल गर्ने र गोरखा क्याम्पसको भौतिक पूर्वाधार विकासमा जोड दिँदै प्राविधिक शिक्षाको रुपमा इन्जिनियरिङ विषय थप गर्न पहल गर्ने प्रचण्डले आफ्नो प्रतिबद्धता पत्र मार्फत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन