१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा गठबन्धनविरुद्ध बागी बनेका ढुंगानाको उम्मेदवारी निष्क्रिय

७ कार्तिक २०७९, सोमबार ०७:५६

कात्तिक ७, महोत्तरी | महोत्तरी १ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका राजन ढुंगानाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको बताएका छन् । पार्टीको आग्रह आत्मसात गर्दै उम्मेदवारी निष्क्रिय बनाएको उनको भनाइ छ ।

‘ढुंगानाको उम्मेदवारी निष्क्रियताले हामी निक्कै खुशी भएका छौंं,’ माओवादी पोलिटव्यूरो सदस्य तथा महोत्तरीका इन्चार्ज राजु खड्काले भने । यो क्षेत्रमा गठबन्धनबाट माओवादी नेता गिरिराजमणि पोखरेल उम्मेदवार छन् । तर कांग्रेसबाट विद्रोह गरेर पोषण थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।


‘नेतृत्व रक्षा र निर्वाचन क्षेत्रको विकासमा समेत आफ्नो उम्मेदवारीले आघात पुग्ने विषयलाई मध्यनजर गर्दै उम्मेदवारी निष्क्रिय बनाएको हो,’ खड्काले भने । महोत्तरी १ (क) मा गठबन्धनबाटै दुईजनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा गठबन्धनका एकीकृत समाजवादीबा सुरेश राउत र लोसपाबाट पिताम्बर महतो चुनावी प्रतिस्पर्धामा छन् ।

दुवै उम्मेदवारले आफूहरू गठबन्धनको साझा उम्मेदवार दाब्री गरेका छन् । तर, गठबन्धनले भने आधिकारिक उम्मेदवार को हो भनेर निर्णय गरिसकेको छैन । लोसपा वरिष्ठ नेता शरतसिंह भण्डारीले भनेर नै आफूले उम्मेदवारी दर्ता गराएको महतोको दाबी छ । 

निर्णयानुसार महोत्तरी १ ‘क’ मा कांग्रेस र ‘ख’ मा माओवादीले पाउने तय भएको थियो । तर, लोसपाको उम्मेदवार नै साझा उम्मेदवार भएको बताउँदै एकाएक महतोले टिकट पाएको हल्ला चलेपछि एकीकृत समाजवादीका राउतले पनि मनोनयन दर्ता गराएका थिए ।

गठबन्धनको साझा उम्मेदवार टुंग्याउन कार्यदल गठन भएको छ । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य दिपबहादुर योन्जनको संयोजकत्वमा १४ जनाको कार्यदल गठन भएको हो । प्रत्येक दलवाट तीन तीनजना सदस्य रहने गरी कार्यदल गठन भएको संयोजक योन्जनले जानकारी दिए । कार्यदलले निर्वाचनसम्बन्धी कार्ययोजना समेत बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ