कात्तिक १३, काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अबको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुने बताएका छन्।

गोरखाको चित्रपोखरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने र जिल्लाको विकास पनि हुने भट्टराइको भनाइ छ ।

उनले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’

गोरखा २ मा चुनावी मैदानमा रहेका प्रचण्ड शनिवारबाट चुनावी क्षेत्रमा दौडमा छन्। चुनावी दौरानमा प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा भट्टराई गोरखा पुगेका हुन्।

बाबुरामले भने- अन्यथा नमान्नु होला, भोलिको प्रधानमन्त्री प्रचण्ड नै हो
Leave a Comment