कात्तिक १७, काठमाडौँ | रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र आज सार्वजनिक हुने भएको छ ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन लागेको यो पार्टीले बिहान ११ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमका बीच घोषणा पत्र सार्वजनिक गर्न लागेको हो ।
केही महिना अघि मात्र दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा उम्मेदवारी दिएको छ |
यसअघि काँग्रेस, एमाले, माओवादीलगायतका ठूला पार्टीहरुले संकल्पपत्र, प्रतिबद्धतापत्र, घोषणापत्र नाम दिएर आफ्ना कुरा सार्वजनिक गरिसकेका छन् ।