कात्तिक १९, काठमाडौँ | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् ।
संघीयताअनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकार सूचीअनुसार कानून बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताए ।