२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

‘हेलिकोप्टरमा उडेर आउन सक्ने मान्छेलाई जिताउनुस्’ : आरजु राणा देउवा

२०७९, १९ कार्तिक शनिबार १२:२७

कात्तिक १९, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली काँग्रेसकी नेत्री डाक्टर आरजु राणा देउवाले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउन सक्ने व्यक्तिलाई जिताउन आग्रह गरेकी छिन् । आफ्नो गृह जिल्ला डडेल्धुरामा शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकाको सभालाई सम्बोधन गर्दा आरजुले त्यस्तो प्रतिक्रिया दिएकी हुन् ।

यस अघि उनले प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति देउवाको उम्मेदवारी दर्ता गर्दा आरजुले डडेलधुरावासीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सहज पहुँच बढेको बताएकी थिइन् । उनले डडेलधुरावासीले ‘खुलजा सिमसिम’ भन्ने बित्तिकै बालुवाटारको ढोका खुल्ने बताएकी थिइन्। 


उनले भनेकी छन् ‘जसरी आज हामी हेलिकोप्टरमा आयौँ। आजभन्दा १०–१५ वर्ष अगाडि यहाँ हेलिकोप्टरमा उडेर आउन सक्ने क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुस् । नेपाली काँग्रेसको रुख छापमा तपाईँहरूकै गाउँको शेरबहादुर देउवा जिलाई जिताउनुस्।’

केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचका बेला डडेल्धुरामा आयोजना भएको एक कार्यक्रममा उनले कांग्रेसले नजितेको स्थानमा बजेट नपठाउने अभिव्यक्ति दिएकी थिइन्। 

साथै यसअघि उनले कैलालीको धनगढीमा वैदेशिक रोजगारीका लागि मलेशिया पठाउने लोभ देखाएर चर्चामा आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा