४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

विपक्षीलाई सहयोग गरेको भन्दै गण्डकीका ऊर्जा मन्त्रीलाई हटाउँदै मुख्यमन्त्री

२२ कार्तिक २०७९, मंगलवार ०८:१९

कात्तिक २२, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सत्ता गठबन्धनको साटो विपक्षीलाई सहयोग गरेको भन्दै ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्तीको तयारी गरेका छन् ।

गोरखा २ (२) मा नेकपा एमालेका उम्मेदवार राजु रानालाई सहयोग गरेको सूचना पाएपछि उनलाई हटाउने तयारी गरिएको मुख्यमन्त्रीनिकट स्रोतले बतायो ।

‘उहाँले गोरखामा एमालेलाई सहयोग गरेको जानकारी आएको छ, त्यसैले हटाउन लागिएको हो,’ स्रोतले भन्यो ।


मुख्यमन्त्री पोखरेल अहिले गृहजिल्ला नवलपुरबाट पोखरा आउँदै छन् । पोखरेल पोखरा आएपछि प्रदेश प्रमुखलाई मन्त्री बर्खास्त गरेको पत्र दिइने बताइएको छ ।

मन्त्री आचार्यले भने आज पनि कार्यकक्षमै छन् । मन्त्रीबाट हटाइन लागेको थाहा नभएको बताए । तर हटाइए पनि आफूलाई पश्चाताप नहुने उनको भनाइ छ । उम्मेदवारी दर्ता गर्दाको समयदेखि नै आफू कुनै पार्टी नरहेको र स्वतन्त्र भएको प्रतिक्रिया उनले दिएका छन् । ‘मैले कसैलाई भोट मागेको छैन, कसैको चाकडी गरेर पदमा बस्नु पनि छैन,’उनले भने । 

गोरखा २ (२) मा अघिल्लो पटक निर्वाचित भएका आचार्यले अहिले सो क्षेत्रबाट टिकट पाएनन् । सो ठाउँमै उनले स्वतन्त्र उम्मेदवारी दिएपनि पछि फिर्ता लिएका थिए । अहिले गोरखा २ (२) मा नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा उठेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ