१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्ला पुगेर ज्ञानेन्द्र शाहीलाई प्रचण्डको चेतावनी : प्रेत–आत्माहरुको चिच्याहट धेरै रहँदैन

२२ कार्तिक २०७९, मंगलवार १०:५२

कात्तिक २२, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राप्रपाका प्रवक्ता तथा प्रतिनिधि सभाका उम्मेदवार ज्ञानेन्द्र शाहीले जिते संविधान उल्टिने चेतावनी दिएका छन्। 

गठबन्धनका नेता कार्यकर्तालाई सम्बोधन गर्न जुम्ला पुगेका अध्यक्ष प्रचण्डले एमाले र राप्रपाका उम्मेदवारलाई मत दिए फेरि देशमा निरंकुशता फर्किने चेतावनी दिए। उनले ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै प्रेत–आत्माहरु जुम्लातिर पनि चिच्यारहेको टिप्पणी गरे।


उनले भने, ‘इतिहास र जनताको बलिदानले प्राप्त उपलब्धि उल्ट्याउन खोजिरहेछन्। प्रेतआत्माहरु जुम्लातिर पनि चिच्याइरहेको खबर सुनेको छु। यस्ता प्रेतआत्माहरुको चिच्याहट धेरै रहँदैन। कर्णालीका जनताले यस्ता निरंकुशतावादी र प्रतिगमनकारीलाई परास्त गरी रेकर्ड कायम गर्नुहुनेछ।’

उनले कर्णालीबाट प्रतिगमनकारीलाई शून्य बनाएर छोडिदिन जुम्ली जनतालाई अनुरोध गरे। कर्णाली प्रदेश जागरण र परिवर्तनको पक्षमा हो भन्ने सन्देश यसपटक गठबन्धनका उम्मेदवारलाई जिताएर पुष्टि गर्न उनले आग्रह गरे। 

यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अहिले जनता सामु गएर मत माग्ने कुनै अधिकार नभएको बताए। उनले भने, ‘केपी ओलीलाई जनताका बीचमा गएर भोट माग्ने नैतिक अधिकार छैन। हिजो हाम्रो सहयोगमा बनेको दुई तिहाइको सरकार जोगाउन नसक्ने, लोकतन्त्र र संविधानमाथि घात गर्नेले कसरी भोट माग्न मिल्छ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन