Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मकवानपुरको चुनावी सभामा जाँदा विरोध खतिवडामाथि कुटपिट

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक २२,&nbsp;मकवानपुर&nbsp;।&nbsp;</b>मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ ।&nbsp;<br></p><p>मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको हो । एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका थिए ।</p><p>खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइदै गरिएको प्रहरीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेको पाइएको र पुरानो रिसइबी समेत रहेको उनले बताए ।</p>