१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजीव गान्धीको हत्यामा दोषी ठहर ६ जनालाई रिहा गर्न भारतको सर्वोच्च अदालतले दियो आदेश

२५ कार्तिक २०७९, शुक्रबार ०९:२३

कात्तिक २५, काठमाडौँ | भारतको सर्वोच्च अदालतले राजीव गान्धीको हत्यामा दोषी ठहर भएका ६ जनालाई रिहा गर्न आदेश दिएको छ। नलिनी श्रीहरण र आरपी रविचन्द्रनसहित जन्मकैदको सजाय पाँच ६ जनालाई रिहा गर्न आदेश दिइएको हो।

भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको सन् १९९१ मे २१ मा तमिलनाडुमा आत्मघाती विस्फोट गरेर हत्या गरिएको थियो। श्रीलंकाली तमिल विद्रोही एलटीटीइको संलग्नता रहेको सो विस्फोटमा गान्धीसँगै अरुको पनि मृत्यु भएको थियो।


सुरुमा टाडा कोर्टले सन् २५ जनालाई मृत्यु दण्डको सजाय सुनाएको थियो। पछि सर्वोच्च अदालतले हत्या अभियोगमा सातजनालाई दोषी ठहर गर्दै १९ जनालाई सफाइ दिएको थियो। सन् १९९९ मा सर्वोच्चले चारजनालाई मृत्युदण्ड र तीनजनालाई जन्मकैदको फैसला सुनाएको थियो। सन् २००० मा नलिनीको मृत्युदण्डलाई अदालतले जन्मकैदमा परिवर्तन गरेको थियो। सन् २०१४ मा अन्य तीनजनाको सजायलाई पनि जन्मकैदमा रुपान्तरण गरेको थियो।

गत मे महिनामा सातजना मध्ये एजी पेरारिभलनलाई रिहा गर्न सर्वोच्चले आदेश दिएको थियो। ३० वर्ष जेलमा रहेर रिहा भएका उनै पेरारिभलनको मुद्दालाई आधार बनाएर आजको फैसला आएको हो। सर्वोच्चले रिहा गर्न आदेश दिएकी नलिनी हाल 'पेरोल'मा छिन्। अर्थात उनी अदालतको आदेशबाट जेल बाहिर छिन्। उनैले सर्वोच्च अदालतमा छिटो रिहा हुन पाउँ भन्दै मुद्दा दर्ता गरेकी थिइन्। नलिनी भारतकै नागरिक हुन्। उनको विवाह एलटीटीइका मुरगण (शरिहरण) सँग भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन