१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदातालाई रेखा थापाको प्रश्न- छोरा नातिलाई खाडी पठाएर कहिलेसम्म पार्टी बचाउने?

२५ कार्तिक २०७९, शुक्रबार ११:४४

कात्तिक २५, मोरङ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङ क्षेत्र नम्बर ३ की उम्मेदवार रेखा थापाले 'पार्टी बचाउन कहिलेसम्म छोरा नातिलाई खाडी पठाउने' भन्दै मतदातालाई प्रश्न गरेकी छन्।

शुक्रबार थापाले घरदैलो कार्यक्रममा बेलबारी-२ पुगेर भनिन्, 'पार्टी पार्टी भनेर कति त्यही पार्टीसँग सती जानुहुन्छ? आफ्नो घर बिग्रेको थाहा छैन, छोरा नातिलाई खाडी पठायो अनि मेरो महान् पार्टी फलानो भन्यो दौडियो। आफ्नो सन्तान बचाउन नसक्ने तपाईंको महान् पार्टी कहिलेसम्म जोगाइदिने ? कस्को लागि जोगाइदिने? अब पनि बुझ्नुभएन भने के राजनीति गर्नुहुन्छ?'

थापाले युवा पुस्तालाई नेताको पछाडि नदौडिन आग्रह गरेकी छन्।


भ्रष्ट नियत भएका नेताको पछि दौडिएर युवा पुस्ताले आफ्नो समय बर्बाद गर्न नहुनेमा उनले जोड दिएकी छन्।

उनले भनिन्, 'म मेरा दाजुभाइहरूलाई अनुरोध गर्छु। कुनै नेताको पछाडि जिन्दावाद र मुर्दावाद भन्दै नदौडिनुहोला। आज जुन नेताको पछि दौडनु हुन्छ ती नेता ठाउँमा पुग्लान् तर चुनाव सकिएको २/४ दिन पनि बित्न नपाउँदै मेरा दाजुभाइ कुन खाडी मुलुक पुग्ने हो थाहा छैन।'

उनले युवाहरूलाई केही काम नभए घरमा आमा श्रीमतीलाई काम सघाउन आग्रह गरेकी छन्।

उनले भनिन्, 'काम सघाउँदा बरू आमा त खुसी हुन्छिन्। त्यो तपाईंको मत किनेर गएको नेताले जितेको भोलिपल्ट तपाईंलाई चिन्दैन। केको लागि हिँड्ने जिन्दावाबाद, जिन्दावाद गर्दै?'

थापाले आफू नेता बन्नको लागि राजनीतिमा नलागेको जिकिर गरेकी छन्।

जनताले अनुमोदन गरे जनप्रतिनिधिको परिभाषा ५ वर्षमा परिवर्तन गरेर देखाउने उनले बताएकी छन्।

उनले भनिन्, 'जनता र जनप्रतिनिधिबीचको खाडल भर्न आएकी हुँ। ५ वर्षमा मैले गरेको काम देखेर चित्त बुझ्यो भने त्यो बेला मलाई नेता मान्नु। अहिले म नितान्त तपाईंहरूको सेवक बन्न आएकी हुँ। ममाथि मत लगानी गरेर मलाई सेवा गर्ने अनुमति दिनुहोस् भन्न आएको हुँ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन