Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रवि लामिछाने र बालेन दुवैले किन हालेनन् प्रदेशसभा उम्मेदवारलाई मत?

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ४, काठमाडौँ | काठमाडौं महानगरका मेयर बालेन (बालेन्द्र) शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार प्रदेशसभा सदस्यका उम्मेदवारलाई मत नदिएर प्रदेश संरचनाप्रतिको आफ्नाे असन्तुष्टि पोखेका छन् ।

बालेन र लामिछाने दुवैले प्रदेशसभा सदस्यतर्फ प्रत्यक्ष र समानुपातिक दुवैमा मतदान गरेनन् । काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट लामिछानेले मतदान गरेका छन् । प्रदेश उम्मेदवारलाई मत नदिएकोबारे प्रतिक्रिया जनाउँदै लामिछानेले अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म प्रदेशसभा सदस्यको चुनावमा आफू सहभागी नहुने पनि बताएका छन्।

प्रदेशसभा सदस्यलाई मत नदिएर उनले प्रदेश संरचनाप्रतिको अरुचिलाई प्रकट गरेका हुन् । उनी सरासर मतदान केन्द्र गए । उम्मेदवारका प्रतिनिधिसँग हात मिलाए । प्रतिनिधिसभातर्फको प्रत्यक्ष र समानुपातिक मतपत्र लिएर मतदान गरे । अनि, सरासर बाहिरिए ।

उनले आइतबार बिहान काठमाडौँको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका हुन्।

सभापति लामिछानेले प्रदेश सभा सदस्यमा भने मत खसालेनन्। अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म मत आफू सहभागी नहुने उनको भनाइ थियो।

लामिछानेले भने, ‘प्रदेश संरचनामा हामीले प्रश्न उठाएका छौँ। हाम्रो चुनाव चिन्ह पनि छैन, हामी सहभागी छैनौँ। खारेजीको कुरा होइन, गरेका छैनौँ तर सुधारौँ। हामीले सोचेजस्तो देश र जनताको हितमा भए मात्रै हामी सहभागी हुन्छौँ। हामीले जितेमा देशमा समृद्धि र सुशासन छाउनेछ। नागरिकले दुःख पाउने छैनन्। अन्य मुलुकजस्तै यो मुलुक पनि समृद्ध हुनेछ।’