2026-10-02 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

नसोचेको टिकटले मानबहादुरलाई बनायो सांसद

मङ्सिर ७, मोरङ । ५३ वर्षीय मानबहादुर लिम्बूले मंसिर ४ गतेको निर्वाचनमा उठ्ने इच्छा राखे पनि सुरुमा पार्टीले पत्याएन । मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा १ बाट उम्मेदवारका लागि नेपाली कांग्रेसले क्षेत्रीय समितिले उनीसहित चार जनाको नाम सिफारिस गरेको थियो ।

टिकटमा शेखरचन्द्र थापाले बाजी मारे । २०७४ सालको निर्वाचनबाट समानुपातिकतर्फको सांसद बनेका थापाले प्रत्यक्षको टिकट पाएपछि लिम्बू दलका उम्मेदवारलाई सहयोग गर्ने तयारीमा थिए । तर मनोनयन दर्ता गरेको भोलिपल्ट नै थापा बिरामी परे ।

३० दिनसम्म अस्पतालको बसाइपछि गत कात्तिक २३ गते थापाको निधन भयो । थापाको निधनपछि निर्वाचन आयोगले क्षेत्र नम्बर ३ को प्रदेशसभा १ का लागि नयाँ निर्वाचन कार्यतालिका बनायो । मंसिर ४ गते नै निर्वाचन गर्ने भन्दै आयोगले कार्यतालिका सार्वजनिक गरेपछि थापाकै श्रीमती लक्ष्मीलाई टिकट दिने चर्चा थियो । तर अन्तिममा काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि लिम्बूले टिकटमा बाजी मारे ।

कात्तिक २४ गते मनोनयन दर्तापछि चुनावी अभियानमा हिंडेका लिम्बू प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । लिम्बू १८ हजार २८६ मत ल्याउँदै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार दिलीपकुमार राईले १३ हजार ८५८ मत पाए ।

राप्रपा उम्मेदवार तीर्थबहादुर गुरुङ ६ हजार ६४१ मत ल्याउँदै तेस्रो स्थानमा रहे । मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार रामचन्द्र गुरुङले १ हजार ८३६ मत प्राप्त गर्दा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार दिनेश राईले १ हजार १६५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने