सल्यान प्रदेश १ र २ मा गठबन्धनका शर्मा र अधिकारी विजयी

साझासवाल

मङ्सिर ८, सल्यान | सल्यान १ र २ प्रदेशसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार भीमप्रकाश शर्मा र सुरेश अधिकारी विजयी हुनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का शर्माले २२ हजार दुई सय ४३ मत ल्याएर विजय हुनुभएको हो । उहाँले आठ हजार १८ को मतान्तरले जित्नुभएको छ । शर्माका प्रतिस्पर्धी नेकपा (एमाले)का कुलबहादुर गिरीले १४ हजार दुई सय २५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जानकारी दिएको छ ।

त्यस्तै, प्रदेश २ मा नेपाली कांग्रेसका अधिकारीले २० हजार चार सय आठ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका गुलाबजङ्ग शाहलाई तीन हजार सात सय ९० मतको फरक पार्दै जित हासिल गर्नुभएको हो । शाहले १६ हजार छ सय १८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सल्यान प्रदेश १ मा ४१ हजार एक सय ७६ मत खसेकोमा ३८ हजार आठ सय २८ र प्रदेश २ मा ४१ हजार नौ सय ६७ मत खसेकोमा ४० हजार ६९ मत मत सदर भएको थियो ।

Leave a Comment

Leave a Reply