सिन्धुली १ (१) मा माओवादीका भट्टराई विजयी

साझासवाल
1 Min Read

<p><b>मङ्सिर ८, सिन्धुली |</b> सिन्धुली निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मातृकाप्रसाद भट्टराई विजयी हुनुभएको छ ।<br></p><p>गठबन्धनका तर्फबाट उम्मेदवार भट्टराई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुवास राज देवकोटालाई तीन हजार तीन सय २० मतान्तारले पछि पार्दै वागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।</p><p>भट्टराइले १५ हजार आठ सय ५३, देवकोटाले १२ हजार पाँच सय ३३ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनारायण अधिकारीले दुई हजार ९२, स्वतन्त्र उम्मेदवार अन्पु अधिकारीले पाँच सय २६, नेपाल मजदुर किसान पार्टीका कृष्ण सुन्दर मचामसीले ५७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply