Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विजयी भएपछि रविले भने– ‘आजदेखि जाँच दिन जाँदैछु, जसको नतिजा ५ वर्षपछि आउनेछ’

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर ८, चितवन । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले विजय रर्याली नगर्ने बताएका छन् । विजय र्यालीको साटो आज ३ बजे, भरतपुर १० गेस्ट हाउस चौरमा, भोलि ११ बजे  इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालिकामा धन्यवाद सभा गर्ने बताएका छन् ।

उनले भनेका छन्– ‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन । यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ । म जनतालाई जिताउने जाँच दिन जाँदैछु त्यसैले म अहिले नै विजय र्याली गर्न चाहन्न ।’

उनले विजय सभामा फूलमाला अबिर खादा केही पनि नल्याउन आग्रह गरेका छन् । सभा हुने ठाउँहरूमा २ वटा बाकस हुने र एउटा बाकसमा समस्या र अर्को बाकसमा बाकसमा उजुरी, समस्या, सुझाव राख्न आग्रह गरेका छन् ।

उनले आफू छिटोभन्दा छिटो काममा लाग्न चाहेको बताउँदै रर्याली गर्न नभ्याएका ठाउँमा म काम गर्न आउने बताएका छन् ।