२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गढ मानिने चितवन ३ मा कांग्रेस पाँचौँ

२०७९, १२ मंसिर सोमबार ०५:२२

मङ्सिर १२, चितवन | दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालिन क्षेत्र नं ४ बाट उम्मेदवार बन्नुभयो । भारी मतले उहाँ विजयी पनि हुनुभयो । उहाँले छाडेर उपनिर्वाचन हुँदा कांग्रेसका रामकृष्ण घिमिरेले पनि अत्याधिक  मतले विजयी हुनुभयो ।

हालको क्षेत्र नं ३ सोही क्षेत्र पर्दछ । विगत नौ वर्षमा सो क्षेत्रमा कांग्रेसको प्रभाव निरन्तर ओरालो लाग्यो । यही  मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फको मत परिणामअनुसार कांग्रेस सो क्षेत्रमा पाँचौँ हुन पुगेको छ । चितवन ३ मा समानुपातिका ९४ हजार दुई सय ८० मत सदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले २८ हजार चार सय एक मत प्राप्त गरेर पहिलो बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १६ हजार सात सय ५५ मत प्राप्त गरी दोस्रो बनेको छ भने नेकपा (माओवादी केन्द्र)ले १६ हजार ८९ प्राप्त गरी तेस्रो भएको छ । नेकपा (एमाले)ले १४ हजार पाँच सय २२ मत प्राप्त गरेर चौँथो र काङ्ग्रेसले १० हजार पाँच सय २१ मत प्राप्त गरी पाँचौँ स्थानमा पुगेको छ ।

सो क्षेत्रमा कांग्रेसले झण्डै ४० हजार र एमालेले ३० हजार हाराहारी मत भएको दाबी गर्दै आएका थिए । समग्र जिल्लामा पहिलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी बन्न सफल भएको छ । समानुपातिक मत परिणामअनुसार एमाले दोस्रो र काङ्ग्रेस तेस्रो भएका हुन् ।

जिल्लामा कूल खसेको समानुपातिक मतको ३६ प्रतिशत मत पाएर स्वतन्त्र पार्टी पहिलो पार्टी बनेको हो । समानुपातिकमा एमालेले २० प्रतिशत, कांग्रेसले १४ प्रतिशत, माओवादीले केन्द्रले ११ प्रतिशत, राप्रपाले नौ प्रतिशत र नेकपा (एकीकृत समाजवादी)ले दुई प्रतिशत मत पाएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ९९ हजार ३७ मत पाउँदा एमालेले ५५ हजार तीन सय १२, नेपाली कांग्रेसले ३९ हजार एक सय ३०, माओवादी केन्द्र्रले २९ हजार चार सय ६१, राप्रपाले २५ हजार ५५ र नेकपा (एकीकृत समाजवादी)ले चार हजार नौ सय छ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर १ मा ९५ हजार तीन सय ९९ मतमा स्वतन्त्र पार्टीले ३४ हजार छ सय ९१ मत प्राप्त गरेको छ । एमालेले २४ हजार छ, कांग्रेसले १६ हजार छ सय ९५,माओवादी केन्द्रले चार हजार नौ सय ६५, राप्रपाले पाँच हजार ८२ र नेकपा एकीकृत समाजवादीले तीन हजार पाँच सय १८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नवीनराज रुवालीले जानकारी दिनुभयो ।

चितवन २ मा ८२ हजार नौ सय ३४ मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ३५ हजार नौ सय ४५ मत पाएको छ । एमालेले १६ हजार सात सय ८४ मत पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसले ११ हजार नौ सय १४, नेकपा माओवादी केन्द्रले आठ हजार चार सय सात, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार दुई सय १८ र  एकीकृत समाजवादीले छ सय १६ मत पाएको छ ।

जिल्लामा पुराना एवं ठूला पार्टीले नयाँ र साना दलसँग प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जित निकाल्न नसके पनि समानुपातिकमा समेत यसको प्रभाव देखिएको छ । प्रत्यक्षमा दुई क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी र एक क्षेत्र राप्रपाले जितेका छन् । प्रदेशसभामा एमालेले दुई र कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले एक एक क्षेत्र जितेका छन् ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले संघ र जिल्ला तहमा गठबन्धन गरिए पनि मतदाताले अस्वीकार गर्दा पार्टीले मत कम पाएको बताउनुभयो । जिल्लामा रुष्ट बनेका दलका कार्यकर्ताले फरक उम्मेदवारलाई मतदान गरेपछि पहिले पहिले निर्वाचन जितेका दलहरु अहिले निकै कमजोर देखिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ