2026-10-02 03:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुर–१ मा कांग्रेसका खड्का निर्वाचित

मंसिर १४, उदयपुर | उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी हुनुभएको छ । खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले )की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत प्राप्त गर्नुभयो । 

यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो । मतपरिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझी तेस्रो स्थानमा रहनुभयो । यस क्षेत्रमा १६ जना उम्मेदवार रहेका थिए ।

पूर्वसहरी विकास राज्यमन्त्री चौधरी डा खड्काको पुरानै प्रतिस्पर्धी हुनुहुन्छ । विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाउनुभएकी चौधरीलाई पराजित गर्नुभएका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे