राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर सभापतिलाई हटाउन माग

साझासवाल

मङ्सिर १८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिइएको छ।

सभापति न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै मकवानपुरका करिब ५० जनाले नेता, कार्यकर्ताले मंसिर १२ गते केन्द्रीय कार्यालयमा निवेदन दिएका हुन्।

जिल्ला सभापति न्यौपानेले चुनावका बेला पार्टीका समानुपातिक तर्फका उम्मेदवार नुरमान प्रजालाई अन्य पार्टीका उम्मेदवारसँग भेटाएको आरोप छ। न्यौपानेले अरू पार्टीका उम्मेदवारसँग समानुपातिक उम्मेदवार प्रजालाई भेटाएर आफूहरूको भोट नोक्सान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूको आरोप थियो।

विवाद भएपछि आइतबार रास्वपाको जिल्ला कार्यसमिति बैठक बोलाइएको छ।

आज अपरान्ह ४ बजे जिल्ला कार्यसमिति बैठक बस्ने सचिव रामप्रसाद आचार्य सुमनले जानकारी दिए।

‘सानोतिनो विवाद देखा परेको छ। आज बैठक बसेर मिलाउँछौं,’ सचिव आचार्यले भने।

मकवानपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टाकाराज थापा र मकवानपुर २ मा भरत पराजुली प्रतिनिधि सभा सदस्य उम्मेदवार थिए।

Leave a Comment

Leave a Reply