<p><b>पुस ७, काठमाडौँ | </b>गोरखा १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद तथा युवा नेता राजेन्द्र बजगाईले प्रतिनिधिसभा सदस्यका रुपमा शपथग्रहण गर्दै आफूले सांसदको हैसियता पाउने तलबभत्ता विपतमा परेका जनताको उद्दार तथा राहतमा खर्च गर्ने घोषणा गरेका छन् ।<br></p><p>प्रतिनिधि सभा सदस्यको सपथग्रहण गरेलगत्तै विज्ञप्ति जारी गर्दै सांसद बजगाईले गोरखाको विकट भूगोल र भिरपखेरामा विपत्तिमा रखेदेख पुगोस भनेर सांसदको रुपमा पाउने तलब सुबिधा व्यक्तिगत रुपमा नलिने घोषणा गरेका हुन् ।</p><p>उनले यसअघि सांसद नहुदा पनि विकट गोरखाको पाकृतिक विपत्ति तथा दुर्घटनामा परेकाहरुको हेलिकोप्टरबाट व्यक्तिगत खर्चमा उद्दार गर्दै आएका छन् । गफ होइन काम गरेर देखाउन आफूले सपथग्रहणकै बेला प्रण गरेको बजगाईले बताए ।</p>
December 22, 2022
गोरखा - GRK, राजनीति
गोरखा १ मा विपदमा परेकाहरूलाई तलबभत्ता सहयोग गर्छु: राजेन्द्र बजगाईं
By साझासवाल
2 मिनेट पढाइ










