२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुमलटारबाट फर्किए ओली, के-के भयो छलफल?

२०७९, १३ पुष बुधबार ०८:५७

पुस १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । प्रचण्डलाई भेट्न पुगेका ओली उनको निवास खुमलटारबाट फर्केका छन् । सञ्चारमाध्यमसँग संक्षिप्त कुराकानी गरेका ओलीले सरकारकै विषयमा छलफल भएको बताए । ‘भर्खर सरकार गठन भएको छ, त्यसलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा भयो,’ उनले भने ।


प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भने सरकारको काम प्रभावकारी बनाउने विषमया छलफल भएको बताए । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने विषयमा पनि नेताहरुबीच कुराकानी भएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि छलफल गर्ने तय भएको मल्लले जानकारी दिए । ‘सरकारको नीति कार्यक्रम कस्तो बनाउने, सरकारको कामकारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको हो,’ उनले भने ।

सरकारलाई पूर्णता दिने विषयमा बुधबार नै नयाँ वानेश्वरमा सत्ता साझेदार दलहरुको बैठक छ । त्यसअघि प्रचण्ड र ओलीले छलफल गरेकाले मन्त्री भागवण्डाका विषयमा पनि छलफल भएको हुन सक्ने नेताहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना