2026-10-02 02:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका कार्की प्रदेश-१ को मुख्यमन्त्री बन्दै

पुस २४, काठमाडौँ | नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेशसभा दलका नेता हिक्मत कार्कीले गठबन्धनको तर्फबाट प्रदेश १ को मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने भएका छन् ।

उनले आज बहुमत प्रदेशसभाका सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा वर्तमान सत्ता गठबन्धन स्पष्ट बहुमतमा छ । जसमा एमालेका ४०,माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० जना सांसद छन् । 

सत्ता साझेदार दलहरूसँग बैठक बसेर दिउँसो ४ बजे प्रदेश प्रमुखलाई बहुमत सदस्यसहित मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी रहेको कार्कीले बताए । 

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले पनि प्रदेश १ को मुख्यमन्त्रीका लागि कार्कीलाई समर्थन गर्ने सहमति भएको बताए । यसअघि प्रदेश १ को मुख्यमन्त्रीका लागि माओवादीले पनि दाबी गरेको थियो । 

मुख्यमन्त्री एमालेबाट बन्ने भएपछि  माओवादीले सभामुख पाउने भएको छ । प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङले आज साँझ ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी गर्न समयसीमा तोकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग