2026-06-19 02:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को को बन्दैछन् मन्त्री?

माघ ११, काठमाडौँ । वाग्मती प्रदेशको मन्त्रिपरिषद विस्तार आज हुने भएको छ। ११ वटा मन्त्रालय रहने टुंगो लागेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।

मंगलबार १४ मन्त्रालयमा ३ वटा मन्त्रालय कटौती गरेर ११ वटा कायम गर्ने प्रतिवेदनलाई मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो। जसअनुसार ११ मन्त्रालयमा सत्तारुढ गठबन्धन मध्यको सबैभन्दा ठुलो दल नेकपा एमालेले ४, नेकपा माओवादी केन्द्रले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीलेले ३ मन्त्रालय पाउने भएका छन्। सोही भागबन्डा अनुसार नेकपा एमालेबाट वाग्मती प्रदेशको चार जना मन्त्रीको नाम ‘फाइनल’ भएको छ।


एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र काठमाडौंका केशव पोखरेल पशुपन्छी तथा कृषि मन्त्री बन्ने भएका छन्। एमालेका संसदीय दलका नेता चितवनका जगन्नाथ थपलिया यस अघि नै आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन्।

यसैगरि, माओवादी केन्द्रबाट सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार मन्त्री, सिन्धुलीका गंगा नारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री र मकवानपुरकी कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने टुंगो लागेको माओवादीका सांसद युवराज दुलालले बताए। गठबन्धनमा वाग्मतीमा मुख्यमन्त्री आलोपालो गरि पहिला माओवादीले पाउने सहमति भएको थियो। जस अनुसार शालिकराम जम्मकट्टेल मुख्यमन्त्री भईसकेका छन्।

जम्मकट्टेलसँगै शपथ लिएका राप्रपाका संसदीय दलका नेता उद्धव थापाले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। त्यसैगरि पर्यटन, उद्योग तथा सहकारी मन्त्री र वन तथा वातावरण मन्त्रालय राप्रपाले पाउने भएका छन्। राप्रपाले भने मन्त्री बन्ने दुईजनाको नाम अझै सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु