2026-10-02 02:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कारपछि नेपाली महिलालाई भारत लैजान खोज्ने दुई भारतीय पक्राउ

माघ १६, विराटनगर | नेपाली महिलालाई बलात्कार गरेको अभियोगमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगिरलाई पक्राउ गरेको जानकारी दिँदै मोरङ प्रहरीले उनीहरूले पीडित महिला र उनको साथमा रहेकी नाबालिग छोरीलाई भारत लैजाँदै गर्दा नियन्त्रणमा लिइएको जनाएको छ। 

पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले मोरङ अदालतमा मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने,‘हिजो म्याद थप्यौं, अहिले घटनाको अनुसन्धान भइरहेको छ।’

माघ १२ गते बिहीबार बिहान विराटनगरको रोडशेष चोकस्थित एउटा होटलमा एक जना महिला काम खोज्दै आइपुगेकी थिइन्। झापा घर बताउने २७ वर्षीया ती महिलाको साथमा १४ वर्षीया बालिका पनि थिइन्। उनी महिलाकी दिदीको छोरी भएको खुलेको छ।

होटल सञ्चालकले होटलको काममा सघाउने गरी उनलाई काम दिने तर इमान्दारीपूर्वक काम गर्नुपर्ने बताएर काम दिए।

पक्राउ परेका दुबै जना भारतीय नागरिक केही दिनदेखि त्यही होटलमा बसिरहेका थिए। कामको खोजीमा आएकी  महिला र बालिकालाई नियालिरहेका उनीहरूले  राम्रो काममा लगाइदिने प्रलोभन देखाउन थाले। त्यही क्रममा महिलामाथि दुई भारतीयले त्यही राती जबरजस्ती गरेको खुलेको प्रहरीको भनाइ छ।

‘प्रलोभन देखाउने क्रममा नजिकको होटलमा लगेर जबरजस्ती करणी गरेपछि भोलिपल्ट भारत लैजाने भएछन्,’ मानव ओसारपसारविरूद्ध काम गरिरहेको संस्था साना हातहरू नेपालका स्टेसन म्यानेजर दिवस श्रेष्ठले भने, ‘उनीहरूलाई भारत लैजाँदै गर्दा हामीले सीमा क्षेत्रबाट नियन्त्रणमा लिएका हौं। उनीहरूले काममा लगाइदिने भनेर सानिमा र छोरीलाई लिएर जाँदै रहेछन्। हामीले नियन्त्रणमा लिएपछि घटनाबारे खुलेको हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग