2026-06-19 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तीव्र आलोचनापछि विशिष्ट व्यक्तिको सवारी सुरक्षा नियम परिमार्जन गर्न सरकार तयार

माघ २९, काठमाडौँ | आम सर्वसाधारण तथा पेशाकर्मीको चर्को आलोचना खेपेपछि विशिष्ट व्यक्तिको सवारी सुरक्षासम्बन्धी प्रचलित नियममा परिमार्जन गर्न सरकार तयार भएको छ ।

शीतल निवासदेखि संसद भवनसम्म शुक्रबार भएको राष्ट्रपतिको सवारीमा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत एक चिकित्सकमाथि कुटपिट गरेपछि यसबारे सरकारको तीव्र आलोचना भएको छ । त्यसअघि पनि विशिष्ट व्यक्तिको सवारीका क्रममा घण्टौँसम्म सडकमा आवतजावत ठप्प पार्दा सास्ती खेप्नु परेको भन्दै सर्वसाधारणबाट आलोचना हुँदै आएको थियो ।

पछिल्लो पटक भने चिकित्सक नै कुटिएपछि चिकित्सकहरुले सरकारी अत्यावश्यकबाहेक सबै सेवा ठप्प पारेका थिए । त्यसपछि भने सरकारले ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’मा परिमार्जन गर्ने सहमति जनाएको हो । नेपाल चिकित्सक संघसँग ६ बुँदे सहमति गर्दै सरकारले सर्वसाधारण, विद्यालय तथा स्वास्थ्य क्षेत्र जस्ता सम्वेदनशील क्षेत्रलाई असर नगर्ने गरी कार्यविधि परिमार्जन गर्ने सहमति गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु