१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निकुञ्जद्वारा पर्यटकीय मार्ग निर्माण

१४ असार २०७८, सोमबार ०४:४१

असार १४, रसुवा (रासस)। लाङ्टाङ राष्ट्रिय निकुञ्जले आफ्नो कार्यक्षेत्रमा गरेका विकास निर्माणको गतिविधि सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा पर्यटकीय पदमार्ग निर्माण एवं मर्मत, पर्यटकीय टिकट काउन्टर, पर्यटकीय प्रवेशद्वार एवं मानव तथा वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्न जङ्गल र आवादी जमीनको सिमानामा तारबार निर्माण गर्ने काम सम्पन्न गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

संरक्षणको जागरण एवं पदमार्ग तथा तारबार समेतका निर्माणको काम सम्पन्न गराउन समग्रमा रू एक करोड १९ लाख ३८ हजार १६५ खर्च भएको प्रमुख संरक्षण अधिकृत सुषमा रानाले बताउनुभयो । स्याफ्रुबेँसीदेखि रिम्चे हुँदै लाङ्टाङसम्मको पदमार्गअन्तर्गत सात किलोमिटर भूभागमा मर्मत एवं पुनः निर्माण सम्पन्न गरी नेपालको तेस्रो पर्यटकीय गन्तव्य क्षेत्रको प्राकृतिक छटा अवलोकन गर्न जाने आन्तरिक एवं बाह्य पर्यटकलाई यात्रामा सहज बनाइएको बताइएको छ ।

यस्तै निकुञ्जअन्तर्गत सूर्यकुण्डदेखि नुवाकोटको ठाडेपाटीसम्म सात किलोमिटर पर्यटकीय पदमार्ग मर्मत तथा निर्माण, नुवाकोटको कुटुमसाङमा पर्यटकीय टिकट काउन्टर एवं पर्यटकीय प्रवेशद्वार समेत निर्माण गरिएको निकुञ्जका वन प्राविधिक रमेश बस्नेतले जानकारी दिनुभयो । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाअन्तर्गत सिलामेमा दुई दशमलव पाँच किलोमिटर मेसजालीको तारबार गरिएको छ । सो क्षेत्रमा निकुञ्जका बँदेल तथा अन्य जनावरले किसानका बालीमा नोक्सान पुर्याउने समस्या बढेपछि मानव र वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्न जङ्गल र आवादी जमीनको बीचमा तारबार गरिएको अर्का वन प्राविधिक विवेक श्रेष्ठले बताउनुभयो ।

संरक्षणको जागरण कार्यक्रमअन्तर्गत डढेलो नियन्त्रण एवं रामसार र सिमसार क्षेत्रको महत्वका बारेमा समुदायमा जागरण ल्याइएको बताइएको छ । निकुञ्जका कर्मचारी, सुरक्षामा तैनाथ नेपाली सेना विष्णु दल गण, चोरी शिकारी नियन्त्रण समूह, स्थानीय संरक्षणप्रेमीको सहयोगमा चोरी शिकारीका घटना न्यून हुँदै गएको र निकुञ्ज क्षेत्रमा वन पैदावारको व्ययभारमा समेत ५० प्रतिशतले कमी आएको प्रमुख संरक्षण अधिकृत रानाले बताउनुभयो । यसैगरी चालू आर्थिक वर्षमा निकुञ्जभित्र चोरी शिकारी तथा गैरकानूनी क्रियाकलाप गर्ने सात जनालाई कारवाहीको दायरामा ल्याइएको छ । 

एकातिर भारी वर्षाले बाढी पहिरोका कारण पैदल मार्गमा अवरोध भएको छ भने अर्काेतर्फ कोभिडको बढ्दो सङ्क्रमणले वन जङ्गलको गस्तीमा केही कमी आएको छ । वन जङ्गल मास्ने तथा वन्यजन्तुको शिकार गर्ने जस्ता गैरकानूनी क्रियाकलाप भएको पाइएमा संरक्षणप्रेमीद्वारा गोप्य सूचना पाउनेमा आशावादी भएको निकुञ्जले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल