४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रौतहटमा मेयरको ठाउँमा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

१९ चैत्र २०७९, आईतवार ११:०१

चैत १९, काठमाडौँ | रौतहटमा एसईई परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा परीक्षा दिइरहेका कमल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट कमललाई नियन्त्रणमा लिइएको हो । उनी गरुडा नगरपालिका-६ का हुन् ।

मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ रहेको छ । गणित विषयको परीक्षा दिइरहेका बेला प्रवेशपत्रसहित पक्राउ परेका साह अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

पक्राउ परेका नक्कली परीक्षार्थी साह मेयर कानुको नातामा ज्वाइँ पर्ने बुझिएको छ । उनी इन्जिनिरसमेत हुन् ।

रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले पक्राउ परेका नक्कली परीक्षार्थी साहमाथि परीक्षा नियमावली अनुसार कारबाही हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ