मधेस सरकारबाट बाहिरिने माओवादीको चेतावनी

Posted on: 23 May, 2023

जेठ ९, काठमाडौँ | मधेस प्रदेश सरकारबाट माओवादी केन्द्रले बाहिरिने चेतावनी दिएको छ । मधेस सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले एकलौटी गरेको भन्दै माओवादी केन्द्र असन्तुष्ट बनेको हो । माओवादीबाट मन्त्री रहेकी सुनिता यादवले पार्टी सरकारबाट बाहिरिने बताइन् । 

उनले भनिन्, ‘सरकारको नेतृत्व गरेको दल जसपाले कुनै पनि निर्णय गर्दा एकलौटी गरिरहेको छ, गठबन्धन दलसँग कुनै पनि सल्लाह हुँदैन । जे मन लाग्यो त्यही गर्ने प्रवृत्तिका कारण त्यहाँ बस्नुको औचित्य रहँदैन ।’  

यसबारेमा गठबन्धनमा रहेका अन्य दलहरु लोकतान्त्रिक समाजवादी पार्टी, जनमतलगायतका दलहरूसँग माओवादी केन्द्रले छलफल गरिरहेको छ ।

मुख्यमन्त्री सरोज यादवले मन्त्रिपरिषद् विस्तार गर्दा गठबन्धन दलसँग कुनै पनि छलफल नगरेको र एकलौटी रूपमा मन्त्रालय बाँडफाँट गरेको आरोप लागेको छ । जनमतका मन्त्रीले त सम्हाल्दै आएको मन्त्रालयनै खोसिएको छ । यस्तै लोसपाले पनि भागबण्डामा चित्त बुझाएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!