साउन २३, सल्यान | सल्यानमा लाठी प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका छन् ।
जिल्लाको शारदा नगरपालिका-१३ सल्यानचौरका २३ वर्षीय छोरा नवीन भण्डारीले ४८ वर्षीया आमा शारदाको लाठी प्रहार गरी हत्या गरेका हुन् |
आफ्नै घरको दोस्रो तलामा सुतिरहेकी आमा शारदालाई मंगलबार बिहान ४:०० बजेतिर नवीनले लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। बुवाआमा सुतिरहेको समयमा छोराले आमालाई मात्रै लाठी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
प्रहरीले नविनलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताए |
यस बिषयमा तपाइको प्रतिक्रिया...!