सप्तरीमा १७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा

Posted on: 22 Jun, 2022

असार ८, सप्तरी | सप्तरीमा अदुवा लोड रहेको मिनी ट्रकमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । शंका लागेर सशस्त्र प्रहरीले जाँच गर्दा १ सय ७५ किलो लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।


सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वमा रहेको सशस्त्रको टोली उक्त परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीलाई झुक्याएर ट्रक चालक र सहचालक भने फरार भएका छन् ।

मंगलबार राति पौने ११ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको कोसी ब्यारेजस्थित चेक प्वाइन्टमा को१ख २९२५ नम्बरको मिनी ट्रक चेकजाँच गर्दा १ सय ७५ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

ट्रकमा ३ सय ५० केजी अदुवासहित बोरामा प्याकिङ गरिएको गाँजा बरामद भएको प्रहरीको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!