सप्तरीमा तस्कर र प्रहरीबीच झडप, ३ जना प्रहरी घाइते ३ राउण्ड हवाई फायर

Posted on: 23 Aug, 2022

भदौ ७, सप्तरी | सप्तरीमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी तस्कर समूहबीच झडप भएको छ ।  झडप हुँदा ३ जना प्रहरी घाइते भएका छन्। झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेका छन् । सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीमा तस्कर र प्रहरीबीच झडप हुँदा ३ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । 

Avatar

तस्करले गरेको ढुंगामुढाबाट ३ जना प्रहरी घाइते भएका छन् भने ३ राउण्ड हवाई फायर गरेको डीएसपी काफ्लेले बताए ।डीएसपी काफ्लेका अनुसार अहिले प्रहरीले थप टोली पठाएर तस्करीका सामानहरू बरामद गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!