४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीको कविलासी मेयरर उपमेयरमा कांग्रेस विजयी

६ जेष्ठ २०७९, शुक्रबार ११:०९

जेठ ६, सर्लाही | कविलासी नगरपालिकामा कांग्रेसका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन्  । कविलासी नगरपालिकाको अन्तिम मत परिणामअनुसार कांग्रेसका उम्मेदवार ब्रम्हदेव राय निकटतम प्रतिस्पर्धी जनता समाजवादीका राम नरेश रायलाई १७८१ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । ब्रम्हदेवले कुल ६४४४ प्राप्त गरे । निकटतम रहेका जसपाका राम नरेशले ४६६३ मत मात्र प्राप्त गरे । 

नगरको उपमेयर पदमा समेत कांग्रेसकी उम्मेदवार पुनम कर्ण विजयी भएकी छन् । कर्णले निकटतम प्रतिस्पर्धी जनता समाजवादीकी उम्मेदवार एवं निवर्तमान उपमेयर राधा देवीलाई १९९१ मत अन्तरले पराजित गरेकी हुन् । कर्णले कुल ६९०७ मत प्राप्त गरिन् । उनकाे निकटतम प्रतिस्पर्धी देवीले ४९१६ मतमात्र पाइन् । 

पालिकाका निवर्तमान मेयर कौशलकिशोर राय ३५१८ मतसहित तेस्रो स्थानमा पुगेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट विजयी भएका यादवले एमालेबाट उम्मेदवारी दिएका थिए । निर्वाचनको मुखमा आएर पार्टी बदलेका उनलाई पनि जनताले नरुचाएका स्थानीयको भनाइ छ ।

कविलासी नगरपालिकाको वडाध्यक्षतर्फ १ नम्बरमा कांग्रेसका दिपलाल राय यादव, २ मा एकीकृत समाजवादीका रामपुकार मण्डल, ३ मा एमालेका रामविश्वास राय, ४ मा जसपाका गिरधारी राय, ५ मा कांग्रेसका सुरेन्द्र राय, ६ मा कांग्रेसका पुरुषोतम राय, ७ मा कांग्रेसका धरवेन्द्र राय यादव, ७ मा कांग्रेसका वीरेन्द्रप्रसाद साह, ९ मा कांग्रेसका रामदिनेश राय र १० मा कांग्रेसका विनोदकुमार महतो विजयी भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ