४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा कार दुर्घटना हुँदा बालकको मृत्यु, ७ जना घाइते

५ असार २०७९, आईतवार ०५:१०

असार ५, सर्लाही | जिल्लाको दक्षिण पश्चिम क्षेत्र धन्कैलमा भएको कार दुर्घटनामा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाईते भएका छन् । आईतबर बिहान धन्कौल गाउँपालिका–५, छठीघाट पुलमा कार दुर्घटना हुँदा रौतहटको वृन्दावन नगरपालिका–४, निवासी ४ वर्षका गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको हो । घटनामा सोही स्थानका ७० बर्षका महेन्द्र राय गम्भीर  घाईते भएका छन् । उनकाे शरिरको विभिन्न भागमा चोट लागेको र बायाँ खुट्टाको तिघ्रा भाँचिएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर घाईते हुनेहरूमा बृन्दावन नगरपालिका–४, का ४ वर्षका अमित कुमार यादव, १४ वर्षकी मिरा कुमारी यादव, ३२ वर्षका जितेन्द्र कुमार यादव, १७ वर्षकी सोभा कुमारी यादव, १० वर्षका गौतम यादव र ६ वर्षका अनिकेत यादव रहेका प्रहरीले जनाएको छ । उनीहरु आठै जना  एकै परिवारको हुनसक्ने प्रहरीको आशंका छ । घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।

सर्लाहीको छतौनाबाट छठियारको भोज खाएर घर फर्कदै गर्दा उनीहरु सवार भारतीय नम्बर प्लेट बिआर ०५ एआर ५१३७ नम्बरको कार दुर्घटनामा परेको थियो । अनियन्त्रित भएर कार  दुर्घटनामा परेको  हुन सक्ने अनुमान गरिएकाे छ ।  कारण पुलबाट १५ फिट तल खसेको प्रहरीले जनाएको छ । घटनालगतै चालक फरार रहेका ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ ।

मृतक बालकको शव परिक्षणको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । फरार चालकको खोजी भईरहेको जिल्ला पहरी कार्यलयले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीले जनाकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ