३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँच हजार कीट प्रदेशका १३ जिल्लामा

२८ चैत्र २०७६, शुक्रबार १५:५३

चैत २८, मकवानपुर | सङ्घीय सरकार स्वास्थ्य सेवा विभागद्वारा पठाइएको कोरोना भाइरस रोग पहिचान गर्ने पाँच हजार कीट सामग्री हेटौँडामा आज आइपुगेको छ । 

वाग्मती प्रदेशको १३ जिल्लाको अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा रहेका कोरोना भाइरसको शंकास्पद विरामीको रोग पहिचान गर्ने ल्याबको कीट सामग्री आजै प्रदेशको १३ जिल्लामा क्रमशः वितरण गर्न कर्मचारीको ३ वटा टोली खटाइसकिएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौँडाले जनाएको छ । 

अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा रहेका बिरामीको अनुपातलाई मध्यनजर गर्दै न्यूनतम २०० देखि ७०० सयसम्म कीट वितरण गरिने लक्ष्यसाथ प्याकिङ गरिएको र ती प्याकिङ वितरण भइरहेको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर वसन्त अधिकारीले बताउनुभएको छ । उहाँले केही कीट सामग्री कार्यालयमा राखिएको, आइसोलेसन र क्वारेन्टाइनमा राखिएका विरामीको अनुपात बढ्दै गएमा उक्त कीट सामग्री तुरुन्तै उपलब्ध गराउने पनि जानकरी दिनुभयो । 

विरामीलाई चिकित्सकको निगरामीमा राखिने र थप संक्रमित विरामीको पहिचान भएमा आइसोलेसन र क्वारेन्टाइन कक्षको संख्या बढाइने प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रदेशका सबै अस्पतालमा आवश्यक चिकित्सक जनशक्ति र स्वास्थ्यकर्मी उपलब्ध गराउन बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन समितिले संघीय सरकारसंग गराउन माग गर्ने निर्णय भएको छ । 

हेटौँडामा आज अपराह्न सम्म ४ आइसोलेसनमा र १ जना क्वारेन्टाइनमा राखिएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर प्रविण श्रेष्ठले बताउनुभयो । आइसोलेसन र क्वारेन्टाइनमा राखिएका विरामीको आजसम्ममा २५ जनाको ल्याब परिक्षण गरिएकोमा ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । उहाँको अनुसार ३ जना विरामीको स्वाब परिक्षणको लागि कीटजन्य रोग अनुसन्धान तालिमकेन्द्र प्रयोगशाला हेटौँडामा पठाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट