होटलमा सँगै बसेका युवकको हत्या गरेँ भन्दै जब महिलाले प्रहरी बोलाउन लाइन्

Posted on: 04 Jul, 2022

असार २०, सिन्धुली | सिन्धुली प्रहरीले कमलामाई नगरपालिका–६ धुरा बस्ने सुमन बिकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

सिन्धुलीको कमलामाई नगरपालिका-६ लोकतान्त्रिक चोकस्थित डाँफे होटलमा आइतबार आएर सँगै बसेका युवकको हत्या आरोपमा घ्याङलेख गाउँपालिका-३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङ पक्राउ परेकी हुन् ।

कमलामाई-६ धुराका सुमन विक मृत भेटिएपछि प्रहरीले थिङलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार विकले अर्डर गरेको चार आनाको सुनको गहना लिन थिङलाई बोलाएका थिए । आइतबार बिहान ९ बजे नै होटलको कोठा बुक भएको थियो । राति १० बजेसम्म दुवैजना सामान्य देखिएपनि साढे ११ बजे महिलाले ‘मैले केटाको हत्या गरेँ प्रहरीलाई बोलाउनुस्’ भन्दै होटलका कर्मचारीलाई खबर गरेकी थिइन् ।

‘सुरुमा बोतलले टाउकोमा हानेको देखिन्छ । त्यसपछि सलले घाँटी कसेको बुझिएको छ’, अनुसन्धानमा खटिएक एक अधिकारीले भने । प्रहरीका अनुसार दुवैजना विवाहित हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!