ल्हाक्याप भीरमा ‘फलामे गोरेटो’ (फोटो फिचर)

Posted on: 25 Aug, 2022

भदौ ९, काठमाडौं | माथि टोपी खस्ने अक्करे भीर । तल सलल... बगिरहेको ब्रम्हायणी नदी । भित्तामा समातेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता । भीरकाे बाटाे हुँदै गरिने यात्राका क्रममा तलतिर होस् वा माथितिर हेर्दा आङनै जिरिङ्ङ्गै हुनेगर्छ । सिन्धुपाल्चोकको निकै बिकट भनेर चिनिने जुगल गाउँपालिकाको तेम्बाथान, दिपुलगायतका गाउँमा जान यो अक्करे भीरविना सम्भव छैन । त्यसैले सम्भावित दुर्घटना रोक्न गाउँपालिकाले भीरमा फलामे बार लगाएको छ । तर, जोखिम उस्तै छ । पहाडै पहाडको बीचमा चिटिक्क परेको फलामे गारेटो देख्दा निकै सुन्दर पनि छ । यही बाटाे कसैका लागि रमाईलो छ भने कसैकाे बाध्यता हाे। थोरै हाेस गुमाए सिँधै ब्रम्हायणी नदिमा। याे हाे जुगल गाउँपालिका-३ मा रहेको ल्हाक्याप भीर ।

AvatarAvatarAvatarAvatarAvatarAvatarAvatarAvatar

यस बिषयमा तपाइको प्रतिक्रिया...!