सोनाम ल्होसारमा हेलम्बु गाउँपालिकामा तीन दिन बिदा

Posted on: 20 Jan, 2023

माघ ६, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिनेबारे जानकारी गराएको हो।

गाउँ कार्यपालिकाको माघ ८ गतेको निर्णयअनुसार माघ ८, ९ र १० गते गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराइले जानकारी दिएका छन्।

सरकारले पनि सोनाम ल्होसारका दिन एकदिन सार्वजनिक बिदा दिँदै आएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!