असोज ६, काठमाडौं । गोरखाको मनास्लु पदयात्रामा गएका पर्यटकलाई पहिरोले पुर्दा एक विदेशीसहित चार जनाको मृत्यु भएको छ । पहिरोमा परि ६ जना घाइते भएका छन् ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ६, काठमाडौं । गोरखाको मनास्लु पदयात्रामा गएका पर्यटकलाई पहिरोले पुर्दा एक विदेशीसहित चार जनाको मृत्यु भएको छ । पहिरोमा परि ६ जना घाइते भएका छन् ।

"/>

२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनास्लु पदमार्गमा पहिरो, पहिरोमा पुरिएर ४ को मृत्यु, ६ जना घाइते

२०७३, ६ आश्विन बिहीबार ०९:०६

असोज ६, काठमाडौं । गोरखाको मनास्लु पदयात्रामा गएका पर्यटकलाई पहिरोले पुर्दा एक विदेशीसहित चार जनाको मृत्यु भएको छ । पहिरोमा परि ६ जना घाइते भएका छन् ।

मनासलु पदमार्ग पर्ने गोरखाको केरौंजा गाविस ९ दोभानमा बिहान ८ बजेतिर झरेको पहिरोमा परि एकजना स्पेनिस नागरिक सहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, एसपी जनकराज पाण्डेले जानकारी दिए ।

पहिरोमा पुरिएर गाइड काठमाडौँ गोकर्ण बस्ने ३५ वर्षका दोर्जे लामा र सोही स्थानका ३० वर्षका छिरी शेर्षा र क्यान नेपालकी प्रतिनिधि ओखलढुंगाकी रञ्जना बस्नेतको मृत्यु भएको एसपी जनकराज पाण्डेले जानकारी दिए । 

पहिरोमा पुरिएर मृत्यु हुने एक स्पेनिश नागरिक भएको बताइएको भए पनि उनको सनाखत हुन सकेको छैन ।  पहिरोमा परि घाइते भएका ६ जनाको उद्दार गरी फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको एसपी पाण्डेले जानकारी दिए । घाइते हुने मध्ये चार विदेशी र दुई नेपाली रहेका छन् । 

जगत र माछाखोला प्रहरी चौकीका प्रहरी  र स्थानीयवासिन्दाले पहिरोमा पुरिएका पैदलयात्रीको उद्धार कार्य जारी राहेको एसपी पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो