असोज १६, गुलरिया (बर्दिया) । गिद्ध संरक्षणमा सक्रिय देशभरका स्थानीय समुदायका प्रतिनिधि, संरक्षणकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरु गिद्ध संरक्षणमा भएका कार्यहरुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, गुलरिया (बर्दिया) । गिद्ध संरक्षणमा सक्रिय देशभरका स्थानीय समुदायका प्रतिनिधि, संरक्षणकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरु गिद्ध संरक्षणमा भएका कार्यहरुक"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

देशभरका गिद्ध संरक्षणकर्मी बर्दियामा भेला

२०७३, १६ आश्विन आईतवार ०४:०२

असोज १६, गुलरिया (बर्दिया) । गिद्ध संरक्षणमा सक्रिय देशभरका स्थानीय समुदायका प्रतिनिधि, संरक्षणकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरु गिद्ध संरक्षणमा भएका कार्यहरुको समीक्षा तथा आगामी कार्य योजनाको तय तथा स्थानीय संरक्षण समुदायको सशक्तिकरणका लागि बर्दियामा भेला भएका छन् । 

नेपाल पक्षी संरक्षण सङ्घको आयोजनामा बर्दियाको ठाकुरद्वारामा आयोजित दुईदिने स्थानीय संरक्षण समूह तथा संस्थाका लागि गिद्ध सुरक्षित क्षेत्र व्यवस्थापन तालिमको उद्घाटन गर्दै बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले दुर्लभ गिद्ध संरक्षणमा स्थानीय समुदायले पु¥याएको योगदानको प्रशंसा गर्दै सरकारले लागू गरेको गिद्ध संरक्षण कार्ययोजना कार्यान्वयनका लागि आह्वाह गर्नुभयो । 

गिद्ध विनाशको कारक डाइक्लोफेनेक भएकाले गिद्ध संरक्षणका लागि सरकारले जेठ २३, २०६३ देखि पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक उत्पादन, आयात, बिक्री र प्रयोगमा प्रतिबन्ध लगाएको छ र त्यसको विकल्पमा गिद्ध, अरु चराचुरुङ्गी र वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्यामको उत्पादन र बिक्री वितरण सुरु गरेको छ । 

प्रतिबन्धित औषधि ‘डाइक्लोफेनेक’को पशु उपचारमा प्रयोग गरेको खण्डमा तीन वर्ष कैद वा रु २५ हजार जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ । 

दक्षिण एसियामा पाइने नौ मध्ये नौ प्रजातिका गिद्ध नै नेपालमा पाइन्छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै