असोज १७, चितवन । यस वर्षको वर्षात्को समयमा निकै दुःख दिएको नारायणगढ–मुग्लिन सडकखण्डमा दसैँको यात्रा भने सहज हुने भएको छ । 

देशको मुख्य जीवनरेखाका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७, चितवन । यस वर्षको वर्षात्को समयमा निकै दुःख दिएको नारायणगढ–मुग्लिन सडकखण्डमा दसैँको यात्रा भने सहज हुने भएको छ । 

देशको मुख्य जीवनरेखाका "/>

2026-08-31 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणगढ–मुग्लिन सडकखण्ड सहज

असोज १७, चितवन । यस वर्षको वर्षात्को समयमा निकै दुःख दिएको नारायणगढ–मुग्लिन सडकखण्डमा दसैँको यात्रा भने सहज हुने भएको छ । 

देशको मुख्य जीवनरेखाका रुपमा परिचित यो सडकखण्ड विस्तार कार्य थालेसँगै डेढवर्षयता यात्रुले हैरानी व्यहोर्दै आएका छन् । मुख्यरुपमा राजधानीबाट बाहिरिने लाखौँ सर्वसाधारणलाई लक्षित गर्दै दसैँको यात्रा सहज बनाउन दुई हप्तायता सरकारी र निजी क्षेत्र संयुक्त रुपमा जुटेका थिए । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सडकमा भएका खाल्टाखुल्टी पुरिएका छन् भने खाल्टो परेका कालोपत्रे सडकमा पनि गिट्टी भरेर कालोपत्रे गरिँदैछ । आँपटारीचोक, जुगेडी, गाईघाट र मुग्लिन नजिक सो कार्य भइरहेको उनले जानकारी दिए । धुलो कम गर्न तीनवटा ट्याङ्करले पानी छर्किने कार्य गरिरहेको छ । 

यातायात आवागमन नरोकिने गरी मात्रै काम गरिएको छ । सो सडकको दासढुङ्गा मोडको पहाड काट्नका लागि छोडिएको ढिस्को पनि सफा गरेर दुईतर्फी सवारी सञ्चालन हुने गरी काम गरिएको छ । 

पहिरो खसेमा तत्काल पन्छाउनका लागि तीन लोडर, तीन ग्रेडर, तीन ट्रिपर, तीनवटा पानीट्याङ्क र १८ जना जनशक्ति तयारी अवस्थामा राखिएको खनालले बताए । सडकमा गाडी बिग्रिएमा तत्काल किनारा लगाउने काम गरिने उनले जनाकारी दिए । 

सो सडकको अत्यधिक पहिरो खस्ने ११ ठाउँमध्ये १० वटा ठाउँमा ४० दिनयता पहिरो नखसेको खनालले बताए । सडकका ४८ ठाउँमा पहिरो खस्न सक्ने जोखिम भए पनि ११ ठाउँमा भने अत्यधिक पहिरो खस्ने गरेको थियो । मुग्लिनबाट चार किमी नारायणगढतर्फ चोर खोलाबाहेकका ठाउँमा पहिरो खस्न रोकिएको उनले बताए । 

पहिरोका कारण यसवर्षको वर्षात्मा सो सडकखण्ड १४ घन्टासम्म अवरुद्ध भएपछि यात्रु तर्सिएका थिए । इञ्जिनियर खनालका अनुसार सो सडकखण्डमा हिजो र अस्ति दुई दिन लगाएर २५ वटा विभिन्न गाडीको यात्रा दूरी सर्वेक्षण गरिएको थियो । सो क्रममा पाँच बस, पाँच माइक्रोबस, नौ ट्रक र छवटा साना सवारीको सर्वे गरिएकामा औसत समय एक घन्टा ४० मिनेट लागेको थियो । 

साना सवारीले एक घन्टा हाराहारीमा सडकखण्ड पार गरेका थिए भने मालबाहक ट्रक र बसले दुई घन्टा हराहारीको समय लगाएको उहाँले बताउनुभयो । ती सवारीलाई बिहान, दिउँसो र बेलुकाको समय मिलाएर औसत समय मापन गरिएको उनले बताए । 

सवारी साधनको सहज आवागमन गर्न स्थानीय प्रशासनले पनि सहकार्य गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले सडकमा प्रहरी निरीक्षकको नेतृत्वमा २४सै घन्टा सुरक्षाकर्मी परिचालन गरिएको बताए । 

जुगेडी र अस्थायी प्रहरी पोस्ट सिमलताललाई अधिक परिचालन गरिने उहाँले बताउनुभयो । रात्रिकालीन समयमा हतियारसहित प्रहरी सवारी साधनमा राखी भरतपुर–मुग्लिन र मुग्लिन–भरतपुरसम्म स्कर्टिङ गराउने व्यवस्थासमेत गरिएको उहाँले बताउनुभयो । 

दुर्घटना नहोस् भन्नका लागि सो सडकका ३२ ठाउँमा प्यारापिट बनाउन थालिएकामा ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । पुलको रेलिङ र फलामको पाता राख्ने काम भने दसैँपछि गरिनेछ । ट्राफिक सङ्केत राख्ने काम भइरहेको आयोजनाले जनाएको छ । सो सडक हुँदै औसतमा दैनिक नौ हजार सवारी साधन आवागमन गर्ने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने