आजपा केन्द्रीय सदस्य एमालेमा प्रवेश

Posted on: 18 Sep, 2023

असोज १, रौतहट । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आमजनता  पार्टी (आजपा)का एक केन्द्रीय  नेकपा एमालेमा प्रवेश गरेका छन्। रौतहट गुजरा नगरपालिकाका मेयर प्रत्याशी समेत रहेका शेख एकरामुल पार्टी  परित्याग  गरी नेकपा  एमाले मा प्रवेश  गरेका हुन्। सोमवार एमाले  जिल्ला  पार्टी कार्यालय  गौरमा एक कार्यक्रमका बिच सेख एकरामुल लाई एमाले केन्द्रीय  सदस्यद्धय  रेखा  झा र अजय  गुप्तासहित जिल्ला  संयोजक  सचिनानन्द साह ,मधेस  प्रदेश  सदस्य हरिवंश मैनालीले संयुक्त रूपमा स्वागत गरे ।  


उक्त अवसरमा पार्टी जिल्ला  सदस्य  पदम श्रेष्ठ  लगायतको उपस्थिति  रहेको एमाले गुजारा  नगर संयोजक युवराज ज्ञवालीले जानकारी दिए । 

गत स्थानीय तहको निर्वाचनमा गुजरा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले टिकट नदिएपछि उनी  प्रभु साहको पहलमा  एमाले पार्टी प्रवेश गरी एमालेको टिकटबाट मेयर पदमा चुनाव लडेका थिए। 

तर प्रभुले नयाँ पार्टी बनाएपछि उनलाई सघाएका एकरामुल फेरि आजपामा भविष्य नभएको भन्दै सोमवार एमाले पार्टी प्रवेश गरेका हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!