२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागढुङ्गाबाट लागुऔषधसहित तीन पक्राउ

२०७३, १८ आश्विन मंगलवार ०८:२३

असोज १८, काठमाडौँ । प्रहरीले आज बिहान नागढुङ्गामा जाँचका क्रममा दुई बसबाट लुकाइछिपाई काठमाडौँ भित्र्याउन लागिएको लागुऔषध बरामद गरेको छ । 

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा ५ ख ४६८४ नंको यात्रुबाहक बस नागढुङ्गाबाट खटिएका प्रहरी टोलीले जाँच गर्दा नाइट्रोपाम सहित वसन्तपुर, पर्सा घर भएका २६ वर्षीय राजेश मुखिया र भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु १ ख ७१९५ नंको बसमा डाइजेपाम सहित सुनवल, नवलपरासीका प्रदीपकुमार मल्ल र सो लागुपदार्थ कलङ्कीमा लिन आएका गङ्गबु, काठमाडौँका निरञ्जन महर्जनलाई पक्रेको महानगर प्रहरी प्रभाग थानकोटका प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार दाहालले जानकारी दिनुभयो । 

चाडपर्वलाई लक्ष्य गरी राजधानीमा सुरु गरिएको विशेष सुरक्षा योजना अन्तर्गत जाँच, गस्ती लगायत गतिविधिलाई प्रहरीले तीव्रता दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू