२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरका गाउँमा चहलपहल, शहर शुनसान

२०७३, २३ आश्विन आईतवार १७:०१

प्रकाश बम | असोज २३, डोटी | नेपाली हिन्दु धर्मालम्बीको महान् पर्व बडादशैले यति सुदूरपश्चिमका गाउँमा चहल पहल बढेको छ । सुदूरका सदरमुकाम तथा बजारमा देखिने चहल पहल पर्वले ग्रामिण क्षेत्रहरुमा देखिएको हो ।

बिभिन्न कामको शिल शिलामा सुदूरपश्चिमका सबै जिल्लामा सदरमुकामहरुमा कामका लागि बसोबास गर्नेहरु यति बेला महान पर्व दशै मान्न आफ्नो घर गए पछि सदरमुकामहरु सुनसान हुन थालेका छन् ।

सदरमुकामबाट छुट्ने गाडिहरुमा यात्रुहरु खचाखच भरिने गरेका छन् । सरकारी कार्यालयहरु पनि फुलपाति देखि बन्द भएपछि कर्मचारीहरु पनि जिल्ला बाहिर तथा जिल्ला भित्रै रहेका आ आफ्ना गाउघर तिर प्रस्थान गरेका छन् ।

सुदूरपश्चिम क्षेत्रकै बढी भिडभाड हुने तथा ब्यस्त रहने कैलालीको धनगढीमा पनि दशैँको पूर्वसन्ध्यामा सुनसान देखिन थालेको जनाएको छ  । धनगढीबाट बाहिरीनेको संख्या धेरै रहेको क्षेत्रिय ट्राफिक प्रहरी कार्यलय अत्तरीयाका प्रमुख(एस.पि.) रमेश थापाले जानकारी दिए । सबै भन्दा बढी कैलालिबाट सुदूरपश्चिमका पहाडि क्षेत्रमा आउनेहरु बढी हुने गर्दछन् । धनगढी संगै मुख्य ब्यापारीक केन्द्रहरु अत्तरीया, टिकापुर र लम्कि क्षेत्रमा पनि मानिसहरुको चाप घटीरहेको प्रहरीले जनाएको छ । यस्तै कञ्चनपुरको महेन्द्रनगर, दार्चुलाको सदरमुकाम खलंगा लगायत सुदुरपश्चिमका अन्य जिल्लाका सदरमुकामहरु पनि अहिले सुनसान भैरहेका छन् ।

त्यस्तै दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर सुदूरपश्चिम को सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सामान्य अवस्थाको भन्दा सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको र भारतसँग सीमा जोडिएका तराईका विभिन्न स्थानमा उच्च सतर्कता अपनाइएको क्षेत्रिय प्रहरी कार्यलय दिपायलले जनाएको छ ।

चाडपर्वलाई लक्षित गरेर ठाउँ ठाउँमा पिकेट ड्युटी र मोबाइल गस्तीमा प्रहरी परिचालन गरिएको जनाएको छ ।

चाडपर्वका बेला हुने आपराधिक घटना नियन्त्रण र घटनामा संलग्नको पहिचानका लागि सादा पोसाकका पनि प्रहरी परिचालन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन