२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरका गाउँमा चहलपहल, शहर शुनसान

२३ आश्विन २०७३, आईतवार १७:०१

प्रकाश बम | असोज २३, डोटी | नेपाली हिन्दु धर्मालम्बीको महान् पर्व बडादशैले यति सुदूरपश्चिमका गाउँमा चहल पहल बढेको छ । सुदूरका सदरमुकाम तथा बजारमा देखिने चहल पहल पर्वले ग्रामिण क्षेत्रहरुमा देखिएको हो ।

बिभिन्न कामको शिल शिलामा सुदूरपश्चिमका सबै जिल्लामा सदरमुकामहरुमा कामका लागि बसोबास गर्नेहरु यति बेला महान पर्व दशै मान्न आफ्नो घर गए पछि सदरमुकामहरु सुनसान हुन थालेका छन् ।

सदरमुकामबाट छुट्ने गाडिहरुमा यात्रुहरु खचाखच भरिने गरेका छन् । सरकारी कार्यालयहरु पनि फुलपाति देखि बन्द भएपछि कर्मचारीहरु पनि जिल्ला बाहिर तथा जिल्ला भित्रै रहेका आ आफ्ना गाउघर तिर प्रस्थान गरेका छन् ।

सुदूरपश्चिम क्षेत्रकै बढी भिडभाड हुने तथा ब्यस्त रहने कैलालीको धनगढीमा पनि दशैँको पूर्वसन्ध्यामा सुनसान देखिन थालेको जनाएको छ  । धनगढीबाट बाहिरीनेको संख्या धेरै रहेको क्षेत्रिय ट्राफिक प्रहरी कार्यलय अत्तरीयाका प्रमुख(एस.पि.) रमेश थापाले जानकारी दिए । सबै भन्दा बढी कैलालिबाट सुदूरपश्चिमका पहाडि क्षेत्रमा आउनेहरु बढी हुने गर्दछन् । धनगढी संगै मुख्य ब्यापारीक केन्द्रहरु अत्तरीया, टिकापुर र लम्कि क्षेत्रमा पनि मानिसहरुको चाप घटीरहेको प्रहरीले जनाएको छ । यस्तै कञ्चनपुरको महेन्द्रनगर, दार्चुलाको सदरमुकाम खलंगा लगायत सुदुरपश्चिमका अन्य जिल्लाका सदरमुकामहरु पनि अहिले सुनसान भैरहेका छन् ।

त्यस्तै दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर सुदूरपश्चिम को सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सामान्य अवस्थाको भन्दा सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको र भारतसँग सीमा जोडिएका तराईका विभिन्न स्थानमा उच्च सतर्कता अपनाइएको क्षेत्रिय प्रहरी कार्यलय दिपायलले जनाएको छ ।

चाडपर्वलाई लक्षित गरेर ठाउँ ठाउँमा पिकेट ड्युटी र मोबाइल गस्तीमा प्रहरी परिचालन गरिएको जनाएको छ ।

चाडपर्वका बेला हुने आपराधिक घटना नियन्त्रण र घटनामा संलग्नको पहिचानका लागि सादा पोसाकका पनि प्रहरी परिचालन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला