कमल सुबेदी | असोज २९, पोखरा | नेपालीहरुको महान चाड विजया दशमीको आज अन्तिम दिन पोखराको ताल बाराही मन्दिरमा दर्शनार्थीहरुको घुइचो लागेको छ । आज दशैको अन्तिम द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी | असोज २९, पोखरा | नेपालीहरुको महान चाड विजया दशमीको आज अन्तिम दिन पोखराको ताल बाराही मन्दिरमा दर्शनार्थीहरुको घुइचो लागेको छ । आज दशैको अन्तिम द"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखराको तालबाराही मन्दिरमा एकैदिन तिस हजारले गरे दर्शन (फोटो सहित)

२९ आश्विन २०७३, शनिबार १३:२७


कमल सुबेदी | असोज २९, पोखरा | नेपालीहरुको महान चाड विजया दशमीको आज अन्तिम दिन पोखराको ताल बाराही मन्दिरमा दर्शनार्थीहरुको घुइचो लागेको छ । आज दशैको अन्तिम दिन कोजाग्रत पुर्णिमाको दिन घटस्थापनाको दिनमा राखेको जमरा आज विधिपुर्वक बिसर्जन समेत गरिएको छ ।

वडादशैको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा पोखराका विभिन्न शक्तिपिठहरुमा दर्शनार्थीको घुइचो लागेको छ । आज ताल बाराही मन्दिरमा ३० हजार दर्शनार्थीले मन्दिरमा पुजा गरेर फर्किएको ताल बाराही मन्दिर ब्यबस्थापन समितिले जानाकारी दिएको छ । ताल बाराही सगै पोखराको 

विन्ध्यावासिनी, भद्रकाली लगाएतका मन्दिरहरुमा दर्शन गर्ने दर्शनार्थीहरुको ठुलो भिड लागेको थियो । ताल वाराही मन्दिरमा दर्शनार्थीको घुइचो लाग्दा डुंगा ब्यवसायीलाई डुंगा ब्यवस्थापन गर्न गाह्रो भएको फेवाताल डुंगा ब्यवसायी समितिका उपाध्यक्ष बत्ती प्रसाद गुरुङ्गले जानाकारी दिए । दर्शनार्थीहरुको लागि ३५ वटा डुंगा लाई परिचालन गरि सेवा दिएको उनले बताए । 


मन्दिर दर्शनको लागि जाने आउने दर्शनार्थीको भिडले वाराही घाटका डुंगाहरु विहानै निकै ब्यतालको ब्यस्त देखिन्थे । तालको विचमा रहेको मन्दिर दर्शनको लागि पुगेका दर्शनार्थीको  सुरक्षाको लागि सुरक्षाकर्मीको बाक्लो उपस्थित रहेको थियो । कोजाग्रत पुर्णिमाको अबसर पारेर  बाराही घाटमा एक दिने मेला समेत लागेको थियो । मेलामा घरयासी सामानहरु किन्नको लागि सर्बसाधारणहरको बाक्लो उपस्थित रहेको थियो । साथै फेवाताल किनारमा  फेवा डुंगा ब्यवसायी समितिले राखेको पिङमा सर्बसाधारणहरु पिङ खेलेर मजा लिइरहेको देख्न सकिन्थ्यो । पर्यटकिय क्षेत्र पोखरामा बेला बेलामा हुने मेला महोत्सवले रमाइलो सगै आर्थिक क्षेत्र चलायमान हुने जानाकारहरु बताउछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का